काठमाडौं असोज २८,

काठमाडौं । हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ले निर्माण गरेको हास्य श्रृंखला ‘टेन्सन साफ’ दाजलिङको टेलिभिजनबाट प्रसार हुन थालेको छ । समसामयिक विषयबस्तुमा निर्माण भएको यो हास्य श्रृंखला दार्जलिङको ‘टिस्टा रंजित’ टेलिभिजनबाट हरेक सोमबार र बिहीबार प्रसारण हुन थालेको कलाकार तथा निर्देशक गोपाल ढकाल ‘छन्दे’ जानकारी दिए ।

‘नेपालको टेलिश्रृंखला दार्जलिङको टेलिभिजनबाट प्रसारण भएको सम्भवतः यो पहिलो हो’ ढकालले भने, ‘श्रृंखलाका लागि राम्रो रेस्पोन्स आइरहेको छ ।’
एभरग्रीन वर्ल्डवाईड ईन्टरटेन्मेन्ट प्रा।लिको प्रस्तुतिमा निर्मित हास्यश्रृंखला ‘टेन्सन साफ’को लेखन, निर्देशन तथा सम्पादन ढकालकै रहेको छ । गीत समेत ढकाललकै रहेको श्रृंखलामा श्याम राई, उद्घव प्रसाद भट्टराइ, प्रेम पाण्डे, गीता नेपाल, रोहित कार्की, प्रमिला राई, हर्कमान वाईवा९रिदम०, रबिन भुषाल९कडा०, आशिका अधिकारी, अनु अधिकारीलगायत समेतको अभिनय रहेको छ ।
नेपालमा भने, ‘टेन्सन साफ’ छन्दे युट्युव च्यानल मार्फत सार्वजनिक हुने गरेको छ ।

धरान, नवलपरासी, काभ्रे, काठमाडौलगायत जिल्लाहरुमा छायाँकन हुने श्रृखलाका लागि दशैँसम्मको भाग निर्देशकले बुझाईसकेका छन् । त्यसपछिका लागि दशैँ लगत्तै छायाँकन गर्ने तयारी निर्माण युनिटको रहेको छ ।