सल्यान । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी सल्यानले शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । युवाको एकता खेलकुदमा शान, समृद्ध समाज युवा संघ सल्यानको अभियान भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता सल्यानको कपुरकोट गाउँपालिका–४ स्थित खेल मैदान घाँघारीचौरमा कात्तिक १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्तिक १८ गते बिहान १० बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन पाँच हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ, द्वितीय हुने टिमले ३० हजार रुपैयाँ र तृतीय हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी सल्यानले तयारी अघि बढाएको छ । थप जानकारीका लागि अध्यक्ष प्रेम घर्ती, उपाध्यक्ष टेकबहादुर सुवेदी, सचिव मदन घर्ती र खेल संयोजक रेशम चन्दसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

