काठमाडौं जेष्ठ ९ गते, ।
प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालत जाने तयरी गरिरहेका विपक्षी गठबन्धनका नेताहरु अदालत जानुृअघि सिंहदरबारमा हस्ताक्षर र नागरिकता संकलनको कार्य जारी राखेका छन् ।
सिंहदरबारस्थित आ–आफ्नो संसदीय दलको कार्यलयमा हस्ताक्षर र नागरिकता संकलनमा व्यस्त रहेका छन्। सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । हस्ताक्षर संकलन कार्य समाप्त भएपछि कानूनी प्रकृया पुरा गरी रिट निवेदन लिएर केही बेरमा सर्वोच्चमा जाने माओवादी केन्द्रकी नेतृ एवं पूर्वसमामुख ओनसरी घर्तीले जानकारी दिइन् ।‘अहिले आ–आफ्ना संसदीय दलको कार्यमा छुट्टाछुट्टै हस्ताक्षर कार्य जारी छ । हस्ताक्षर कार्य सम्पन्न भएपछि पाँच दलको संयुक्त बैठक बसेर अदालतमा रिट दायर गर्नेबारे निर्णय हुन्छ,’ घर्तीले भनिन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा शुत्ररबार मध्यराति बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा विघटन गर्ने निर्णय राष्ट्रपति समक्ष सिफारिस भएपछि । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरी कार्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने घोषणा गरेकी थिइन । सरकारको सो कदमको विपक्षी दलले कडा शब्दमा भत्सर्ना गर्दै सरकारको निर्णय विरुद्ध राजनीति र कानूनी लडाईं लड्ने निर्णय गरेको थियो ।
खबरडबली
