बैशाख २०, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए ओली धर्मराएपछि संसद्‌बाट विश्वासको मत लिने भएका हुन् ।

हाल प्रतिनिधिसभा २७५ जना सांसद छन् । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल प्रधानमन्त्री ओलीकै पार्टी नेकपा एमाले छ । तर एमालेको १२१ सांसद छन् । जसमा ओली समूहका ८३ जना छन् भने झलनाथ खनाल(माधव नेपाल समूहका ३८ सांसद छन् । एमाले एक ढिक्का भए पनि प्रधानमन्त्री पदमा कायम रहन ओलीलाई बहुमत पुग्दैन् । ओलीले १३८ सांसदको समर्थन लिनुपर्छ । तर पछिल्लो पटक नेपाली राजनीतिमा चल्दै आएको ुफ्लोर क्रसु शब्द खनाल, नेपाल समूहले गर्ने सम्भावना प्रवल छ ।

प्रतिनिधिसभा दोस्रो ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेसको ६३ सांसद छन् । कांग्रेसका २ जना सांसद निलम्बित छन् । त्यस्तै प्रतिनिधिसभामा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हो । माओवादीको ४९ सांसद छन् । ५३ सांसदमध्य चार जनाले पार्टी छाडेपछि माओवादी ४९ सांसदमा झरेको हो । त्यस्तै जनता समाजवादी पार्टीको ३४ सांसद छन् । जसपाको पनि २ सांसद निलम्बित छन् । फुटको संघारमा पुगेको जसपाभित्र विवाद तीब्र छ । संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा छन् । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीसँग मिल्‍ने तयारीमा छन् । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १।१ सिट रहेको छ ।

खबरडबली बाट