स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद आजको समयमा अत्यन्तै सान्दर्विक र समय सापक्ष रहेकाले यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य द्धोय घनश्याम पाण्डे, कोमल वली, एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत, सचिव मनोहर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का लगायतले बोल्नु भएको थियो । एमाले तुलसीपुर नगर कमिटीका उपाध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव रुप बहादुर खत्रीले गर्नुभएको थियो ।
