काठमाडौँ भाद्र १५ गते, ।
नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो ।
भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई दिएको छ । पहिलो केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी भेला सकिएको हो ।
वाईसियलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुने वाईसियलले जनाएको छ ।
शनिबारबाट सुरु भएको वाईसियलको भेलाको माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचचण्डले उद्घाटन गरेका थिए ।
