सल्यान, २४ माघ ।
जनताको बहुदलीय जनवाद भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी नेकपा वली समुहको बनगाड कुपिण्डे नगरपालिका नगर स्तरीय भेला सम्पन्न गरेको छ ।
शनिबार भएको भेलाबाट गन्जमान बुढा अध्यक्ष रहेको ७५ सदस्यिय नगर कमिटी पुनर्गठन पनि गरिएको छ । जसमा ३४ जना नया सदस्य थपिएका छन । भेलामा नेपाली काङ्ग्रेस बाट चन्द्र बहादुर पुन सहित र राप्रपा पार्टी छाडेर १० जनाले नेकपा ओलि समुहमा प्रवेश गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य गुलाब जङ्ग शाहले पार्टी भित्र गुडबन्दी मौलाएको र छलफल नगरेरै प्रधानमन्त्री केपि वलीलाइ ससदमा अविस्वासको प्रस्ताव लिन लागेको पछि देशलाई बजाउनको लागि ससद विघटन गरि चुनाव घोषण गरेकाले कसरी प्रतिगामी कदम हुन्छ भनेर प्रश्न गर्नुभयो । बरु प्रधानमन्त्रीले चुनाव घोषण गरेका कारणले यो अग्रगामी कदम नै भएको दाबी गर्नुभयो।
विकास निर्माणको काम गरिरहेकै बेला त्यो देख्न नसकेको प्रचण्ड नेपाल टिमले विरोध गरेको बताउनुभयो ।नेकपा प्रधानमन्त्री केपि वलीको सरकारलेले घरबार नभएकालाइ घरबार दिने, सुकुम्बासी भुमी आयोग गठन गरेर जनताको समस्या समाधान तिर लागेकोले रास्टबादी नेता प्रधानमन्त्री भएको र उहाको पक्षमा लाग्न सबैमा आग्रह गर्नु भएको छ ।
बिकास निर्माण भएको हेर्न नचाहेनेले अब बैशाखमा हुने चुनावमा जनताले सधैको लागि बढार्ने बताए हुदा खादाको घर बिगारेर प्रचण्ड नेपाल पक्ष माइतीघर तिर हामी यहाँ छौ भन्न गएको बताउनभयो । नेकपा बाहेक यो देशमा अने कुनै दलको काम नभएको र नेपाली काङ्ग्रेसले कहिले पनि बिकास गर्न नचाहेको गर्न पनि नसक्ने केन्द्रिय सदस्य शाहले बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अथिती तथा नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले बुर्जुवा वर्गको पार्टी नेपाली काङ्ग्रेस जस्ता पार्टीले देशमा कहिले पनि विकास गर्न नसक्ने देखेर कम्युनिस्ट पार्टी एकता गरेको उहाले बताउनु भएको छ । कम्युनिस्ट पार्टीको एकता भएर देश विकास हुना थालेपछि कम्युनिस्ट भित्रका केही अराजक व्यक्तिहरुले गुडबन्दी गरेर पार्टीको केही समुह बाहिर गएको उहाँले बताउनुभयो ।
पार्टी भित्रका वरिष्ठ नेताहरूको कारण पार्टीमा समस्या आएको अध्यक्ष पुनले बताउनुभयो। बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख समेत रहेका पुनले आफुले नगरपालिका भित्र सडक खानेपानी स्वास्थ्य विधुतको क्षेत्रमा उल्लेखनीय विकास गरेको दाबी गर्नु भयो ।
यहाँ केही नगरपालिका भित्रका बहुमत कार्यापालिका सदस्य अब नगरपालिकामा केही गर्न नदिने भनेर बताएका भन्दै क अक्षर पढ्न नजानेले आफुलाइ केही गर्न नसक्ने र यदि बहुमत कार्यपालिका सदस्यले शिक्षा स्वास्थ्य अथवा नगरपालिका भित्र कुनै पनि पदमा जागीर खुवाएर देखाएमा आफुले नगर प्रमुख देखि राजनीतिक बाट शन्यास लिने समेत नगर प्रमुख पुनले बताउनुभयो । आधिकारिक पार्टी केपि वलि समुहको भएकोले सबैलाई यहि मुल पार्टीमा लाग्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा जनजाति महा संघ केन्द्रिय सदस्य अकबर पुन, प्रदेश सल्लाहकार प्रतिमल बुढा, जिल्ला सदस्य आशा वली, चन्द्रीका पुन, प्रदेश परिषद सदस्य दिप ब खड्का, अनेरास्ववियु केन्द्रिय सदस्य राजेश वलि, युवा संघ प्रदेश सदस्य सन्जिता शर्मा, युवा संघ क्षेत्रीय सयोजक इन्द्र भाट लगाएत बक्ताहरुले बोलेका थियो भने कार्यक्रमको अध्यक्षता गन्जमान बुढा तथा सन्चालन अनेरास्ववियु जिल्ला सयोजक रामबहादुर केसिले गर्नु भएको थियो भने स्वागत मन्तव्य नगर कमिटी सदस्य भुपाल केसिले गर्नु भएको थियो ।

