१७ पुष २०८०
लोकप्रिय गायक टंक खड्काको “पाली खरैको” बोलको पन्चेबाजा गीत बजारमा सार्वजनिक भएको छ ।
राष्ट्रिय संगीतकर्मी संघ नेपाल जिल्ला शाखा दाङको कोषाध्यक्ष समेत रहेका रोल्पा जिल्लाको जुगारमा जन्मिएर हाल अहिले दाङ तुलसीपुरमा ब्यापार गर्दै गित संगीतलाई उत्तिकै माया र प्राथमिकता दिदै स्टेज कार्यक्रमहरुमा पनि निकै धौडधुप गरेको पाइन्छ ।
राजेश भण्डारीको उत्कृष्ट शब्द र नन्दु परियारको मन छुने लयमा तयार पारिएको उक्त गितमा चरचित लोक दोहोरी गायिका शान्ति श्री परियार र लोकप्रिय गायक टंक खड्काको कर्णप्रिय आवाजमा रहेको पन्चेबाजा गित “पालि खरैको” टंक खड्का अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको हो ।
राजेश भण्डारीले डाइरेक्सन गरेको उक्त गितको भिडियोमा एम टि महर, राजेश भण्डारी, सृष्टि बिश्वकर्मा, सपना मगर, सुप्रिया श्रेष्ठ, अनु आर जि को अभिनय देख्न सकिन्छ । गितमा बिबाह उत्सबमा भेट भएपछि माया प्रेममा परेका प्रेमिल जोडिको अन्तरमनको भावना गितले बोलेको छ । पहिलो प्रेमले मनमा ल्याएको खुशी र उमंगका अनुभुतीहरु गितमा समेटिएका छन् । गितको भिडियो हेरेर सल्लाह सुझाव तथा केहि प्रतिक्रिया दिन गायक टंक खड्काले सबैलाई अनुरोध गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
