फागुन २६, सल्यान ।
नकेपा एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले सल्यान उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनमा संयुक्त व्यवसायिक प्यानलका विरुद्ध एमालेका कार्यकर्ता लागेमा कारवाही गरिने बताएका छन् । कुमार बुढाथोकीको नेतृत्वमा निर्वाचनमा सहभागी भएको संयुक्त व्यवसायिक प्यानल नै नेकपा एमालेको आधिकारिक प्यानल भएको र यसलाई जिताउन सबैले सहयोग चुनावी भुमिका निर्वाह गर्न अध्यक्ष पुनले आग्रह गरेका छन् । अध्यक्ष पुनले भने ( ूनेकपा एमालेका जिल्ला कमिटीले निर्णय गरेर नेपाली कांग्रेस र राप्रपा सँग सहमति गरी संयुक्त प्यानल बर्नाएर निर्वाचनमा गएका हौं, यो नै पार्टीको आधिकारिक प्यानल हो र हामी यस प्रति पूर्ण इमान्दार, जिम्मेवार र उत्तरदायी भएर लागेका छौं ।ू नेकपा एमाले सल्यानको पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पुनले यस्तो बताएका हुन ।
आज देखि नेकपा एमाले सल्यानले पार्टी कार्यालयमा नेकपा लेखिएको नाम मेटाएर नेकपा एमाले लेखेको छ साथै तालावन्दी गरिएको कार्यालय आज देखि सन्चालनमा आएको जानकारी गराईएको छ ।
अर्को प्यानल बाट उम्मेदवार बनेका नेकपा एमाले समर्थक व्यापारीहरु उम्मेदवारी फिर्ता लिने समय नभए पनि उनी हरु निष्क्रिय भएर बस्ने अध्यक्ष पुनले बताएका छन् । कार्यक्रममा उपस्थित नेकपा एमालेका केन्द्रीय सदस्य लोक बहादुर डांगीले नेकपा एमालेका नेता कार्यकर्ताहरु संयुक्त व्यवसायिक प्यानललाई विजय गराउनको लागि सक्रिय पूर्वक लागि सकेको र संयुक्त व्यवसायिक प्यानलले चुनाव जितिसकेको अवस्था देखिएको बताएका छन् । प्रगतिशिल प्यानलमा उम्मेदवार भएका एमाले समर्थक उम्मेदवारहरु निष्क्रिय रहने र उनीहरु निर्वाचनबाट बाहिररिएको विज्ञप्ति समेत आउन सक्ने बताएका छन् । कार्यक्रममा अर्का केन्द्रीय सदस्य कुल बहादुर गिरी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष भिम बहादुर सेन, उपसचिव दान बहादुर खत्री लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेकपा एमाले सल्यानको यो निर्देशन तथा अनुरोध अनुसार निर्वाचन सम्पन्न भएमा कुमार बुढाथोकीको नेतृत्वमा रहेको संयुक्त व्यवसायिक प्यानलको विजय सुनिश्चित देखिएको छ ।
