सल्यान ८ फाल्गुन ।
समृद्ध सल्यान निर्माण अभियान सञ्चालन गरेका सल्यानी युवाहरुलाई एक युवा टिसर्ट प्रदान गरेका छन् । सल्यानको दार्मा गाउँपालिकका युवा बिशाल सिङले युवाहरुलाइ ४० वटा टिसर्ट सहयोग गरेका छन् । सल्यानमा युवाहरु मिलेर समृद्ध सल्यान निर्माण अभियान अन्तगर्त सल्यान र दाङ्गको सिमानामा सल्यान निर्माण गरिरहेका छन् । युवाहरूले सल्यानको इतिहास झल्कने गरी सल्यानको बिकासको लागि यो अभियान सञ्चालन गरेका हुन । युवाले सल्यान र दाङको सिमानामा गेट निर्माण गर्दै छन् । गेट सँगै मन्दिर प्रतिक्षालय बनाउने उदेश्य राखेका छन् । यो काम देखि खुसी भएर युवा नेता सिङले समृद्ध सल्यान निर्माण अभियान लेखेको टिसर्ट सहयोग गरेको बताएका छन् ।
नेता सिङले भने बिगतका कामलाई छोडेर समृद्ध सल्यान निर्माण अभियान सञ्चालन गरेर हिडेका युवालाई हार्दिक सम्मान गर्छु । यो स्वागत योग्य काम हो । यो शुभ कार्यमा सहयोग गर्न पाउँदा मलाई खुसी लागेको छ । युवा परिवर्तनसिल हुन्छन् भन्ने जब यो देशका नागरिकले बुझ्दैनन् तबसम्म यो देशको पर्गति हुदैन । तेसैले युवालाई साथ दिन जरुरी छ ।सिंह नेपाली काँगे्रस दार्मा गाउँपालिकाका युवा नेता समेत हुन् ।
