फाल्गुण ३, सल्यान ।
नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गरेको छ । संसद विघटन गर्ने केपी ओलीको कदम विरुद्ध कांग्रेसले सल्यानमा गरेको कार्यक्रममा सयौं नेता कार्यकर्ताले प्रतिगमनको विरुद्धमा नारावाजी गर्दै बजार परिक्रमा गरेका छन ।
कार्यक्रममा काग्रेश सल्यानका नेताहरु राजेन्द्र बहादुर शाह, डिल्लीराज रेग्मी, ध्रुवराज पुरी, गणेश चन्द लगायतले सम्बोधन गरेका छन । सम्बोधनका क्रममा नेताहरुले कम्य्निष्ट सरकारले कुनैपनि राम्रो काम नगरेको भन्दै भ्रममा नपर्न अनुरोध गरेका छन। उनिहरुले कुर्सीको लुछाचुडिका कारण नेकपा फुटेको भन्दै कुर्सी तथा पदको स्वार्थ मिलेमा यिनिहरु फेरी एक भएर जनता ढाँट्ने भएकाले अव सचेत बन्न अनुरोध गरेका हुन ।
कार्यक्रममा उनिहरुले भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने केपी वलीले नै भ्रष्टाचारीको संरक्षण गरेको भन्दै केपीको कदम प्रतिगामी भएको बताए । उनिहरुले आफुहरुले लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भएकाले समानित अदालतको पर्खाइमा रहेको भन्दै काग्रेश कहिल्यै पनि निर्वाचन विरोधी नहुने धारणा राखे । कार्यक्रमको संचालन सचिव चक्र देवकोटाले गरेका थिए ।
गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला कार्य समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिएको हो । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो ।
