सल्यान २०, माघ
नेपाल कम्युनिस्ट पार्टी नेकपा (केपी ओली) समुहको बागचौर नगरपालिका वडा नम्बर २ म वडा स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै जिल्ला कमिटी सदश्य तथा बागचौर नगर कमिटीका अध्यक्ष धनश्याम शर्माले पार्टी लाई चुस्तदुरुस्त बनाउना सबै कार्यक्रता एक ढिक्का भएर लाग्नु पर्ने बताएका छन् । कार्यक्रममा जिल्ला कमिटी सदस्य जनक बिक, भद्र ब घर्ती, टिकाराम बिक, निर्मला रोका, भरत बस्नेत, नगर कमिटी सदस्य धर्म राज डाँगी, भुपेन्द्र के.सी, शेर बहादुर डांगी लगायतको सहभागीता रहेको थियो । भेलाले प्रकाश भण्डारीको सयोजकत्वोमा २९ सदस्यि वडा कमिटि पनि गठन गरेको छ ।