सल्यान, ६ माघ ।
सल्यानको पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरको वडा, ५ मैनेनी निवासी विवेक पुन सानै देखि हस्तकलाका पारखि हुन । अरु विद्यालयमा अन्य रुचि राख्दै गर्दा उनमा भने चित्रकला तर्फ वढि ध्यान हुने गर्दथ्यो ।
हस्तकला बाट राम्रो गर्छु भनेका विवेक आज भोलि भने आफुले कुदेका ढुंगाका मुर्ति नविके पछि निराशाजनक भएको जनाउने गरेका छन् ।बनगाड कुपिण्डे नगरपालिका वडा,५ मैनिनेको भिरालो पखेरमा उनको घर छ ।तेहि घर आसपासका पखेराका ढुंगाबाट निकै आकर्षक र सौर्न्दर्यपुर्न मुर्ति कुदनु उनको दैनिकी हो ।
तर निकै मेहनत र लगाव समय लगाए निर्माण गरेका मुर्तिले वजार नपाउदा निकै खिन्नता भएको उनको भनाइ छ ।घरेलु औजारबाट प्राकृतिक बनौट्का ढुङ्गाबाट ती मुर्तिको सजावट दिनु चानचुने कुरा छैन ।
आफुले तयारी पारेका मुर्तिको प्रचारप्रसारका लागि वेलावेला मोहत्सव देखि देशका विभिन्न शहर धाउने गरेको दुखेसो समेत छ ।आफ्नो कला देशका गन्य मान्यकहाँ समेत पुगेर चिन्हो दिने गरेको समेत विवेक भनाइ छ ।
अन्य आकृतिको भन्दा ढुङ्गाको आकृतिको मुर्ति वलियो, टिकाउ, भरपर्दो र सजावटपुर्न रहने देखिन्छ । उनको घरवरिपरि सयौं विभिन्न कलाका आकृतिगत मुर्ति वर्सौ देखिको मेहनतका ती चिजहरु तेतिकै भित्ताहरुमा ठडिएका छन् ।ती मुर्तिले प्रचारप्रसार र वजार नपाउदा उनको निकै ठुलो दुख,मेहनत तेतिकै खेर गएको छ ।
स्थानीय मठमन्दिरमा आवश्यक केही मुर्तिको माग भए पनि खासै वजार नपाएको विवेक पिडादाइ आवज सुन्न सकिन्छ ।उक्त खोज,दुरदराजको विवसता नै आफ्ना कलाले स्थान नपाएको भनाइ छ ।
विवेक मुर्ति मात्रै नभएर ढुङ्गाकै सालिक समेत दुरुस्त वनाउने गरेका छन् । घरेलुु औजारमै विवेकले ती सबै काम गर्ने गरेका छन् ।कुनै मेसिन र अत्याधुनिक औजारको भन्दा विवेक घरेलुु औजारकाट कुदेका मुर्ति निकै सौर्न्दर्य देखिन्छन् ।
वजारका मुर्ति भन्दा सस्तो र टिकाउ हुने समेत उनको दावि छ। खोचमा कोहि नजाने र गाउँ भएकोले नै आफ्नो कला हेलाँको रुपमा रहेको विवेक गुनासो छ ।मुर्तिको माग भए विभिन्न स्थान पु¥याउने व्यवस्थापन रहेको जनाएको छ ।
सानै देखि हस्तकला र चित्रकलाका पारखि विवेक अहिले पनि तेहि काम गरिरहेका छन् । जसले वजार नपाए पछि उनलाई संकट थपेको छ । आफुले रातदिन लगाएर कुदेका मुर्तिले वजार पाए निकै आत्मा सन्तुष्टि हुने उनको भनाइ छ । सम्झना स्वरुपका सालिक देखि विभिन्न देविदेव्ताका मुर्तिहरु विभिन्न कलात्मक रुपमा वनाउने उनको दिनचर्या रहेको छ ।
