सल्यान २९ मंसिर ।

सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ६ निवास खिम बहादुर बि.क क्यान्सरका कारणले गर्दा उपचारत छन् । केहि समय पहिला देखि उनलाई गालामा क्यान्सर पुष्टि भएको थियो । उनको भक्तपुर क्यान्सर हस्पिटलमा बिहिबार गालाको क्यान्सरको सफल अप्रेसन भएको छ । उनको उपचारका लागि लाखौं पैसा लाग्ने हस्पिटलले जानकारी गराएको छ । उनको घरको आर्थिक अवस्था भने कम्जोर छ ।
घरको आर्थिक अवस्था कम्जोर भएका कारणले गर्दा उनको उपचारको लागि आर्थिक सहयोग गरिदिन पारिवारले सबैमा हार्दिक अनुरोध गरेको छ । सहयोगका लागि खिम बहादुर कामीको नाममा ग्लोबल ime बैकमा रहेको खाता नम्वर १८६०७०१३९८५४ मा आफुले सके जतिको सहयोग गरिदिना पारिवारीक श्र्रोतले हार्दिक अपिल गरेको छ । बिक समाजिक अभियान्त, सहयोगि युवा संगै ycl दार्मा गाउँ कमिटीका अध्यक्ष समेत हुन ।