दाङ,२० पुस   ।

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको ना ६ ख १८१४ नम्बरको बस बिहान ९ः ५० बजे दूर्घटना भएको हो ।

दुर्घटना उपमहानगरपालिका डा नं। ७ पर्सेनी ग्वारखोलामा नजिकै भएको हो । बस अनियन्त्रित भइ दूर्घटना हुँदा सडकदेखि ३ मिटर तल खसेको छ । प्रहरीले बस चालकलाइ भने नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा घाइते हुनेमध्ये १४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अहिले घाईतहरुको उपचार राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा भैरहेको छ ।

दूर्घटनाका घाइतेहरु बिवरण –

१० शान्तिनगर गाउँपािलका ६ का बर्ष २७ को गणेश बुढाथोकी

२० शान्तिनगर ७ बस्ने बर्ष २९ का भिमप्रसाद राना

३० तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ बस्ने बर्ष ३९ का झनक केसी

४० घोराही उपमहानगरपालिका वडा नं। १६ बस्ने बर्ष ३० की लक्ष्मी गिरी

५०तुलसीपुर १९ निवासी लक्ष्मी केसी

६० घोराही १५ बस्ने बर्ष १९ की सुरक्षा शर्मा

७० तुलसीपुर ४ बस्ने बर्ष ३६ की लिला कुवर

८० रुकुम पूर्वी पुथाउत्तर गंगा १२ बस्ने ३९ को हेमराज पुन

९० रुकुम पूर्वी पुथाउत्तर गंगाका बर्ष ४० को पञ्च बहादुर पुन

१०० तुलसीपुर ६ बस्ने बर्ष २१ को सरु बस्नेत

११० तुलसीपुर ५ बस्ने बर्ष ३० की सुशीला शर्मा

१२० तुलसीपुर १६ बस्ने बर्ष ५४ को बासुदेब चौधरी

१३० घोराही १५ का १८ बर्षकी प्रेमिका ज्ञवाली

१४० तुलसीपुर १४ बस्ने बर्ष २७ का सुमन श्रेष्ठ

१५० घोराही १२ का बर्ष ४१ को गोपाल पुन

१६० घोराही– ५ बस्ने बर्ष २० का रामबहादुर पुन

१७० तुलसीपुर ७ का बर्ष १८ का विशाल मगर

१८० तुलसीपुर १८ का बर्ष २१ का राज केसी

१९० तुलसीपुर ६ का बर्ष २२ का दुर्गा नेपाली