सल्यान १७ पौष

नेपालि कांग्रेस सल्यानका जिल्ला कमिटि सदस्य तथा दार्मा गाउपालिको ईन्चार्ज आईतु वलिले गाउँपालिकमा निर्माण भएको सहिद गेटमा हसिया हटौडोको चिन्ह राख्नु गलत भएको बताएका छन् । बिहिबार दार्मा गाउँपालिको फारुलामा ४४ विपि मिलमिलाप दिवसको अवरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने सहिद सबैका साझा हुन्, गाउँपालिकाले पार्टिको चिन्ह राखेर सहिदको अपमान गरेको समेत बताए । उनले दार्मा गाउँपालिकाले निर्माण गरेको सहित गेटमा पुर्व माओबादीका कार्यक्रताको मात्र फोटो राखेको र नेपालि काँग्रेसको सहिदहरुको फोटो नराखेको प्रति अपति जनाए । उनले भने जनयुद्धका बेला कांगे्रस होस माओबादी सबैको योगदान देशका लागि भएको हो, सबैले बलिदान देशकै लागि गरेका हुन । तर गाउँपालिकाले यसरी छुट्याउनु नपर्ने समेत बताए । दार्माबाट नेपालि काँग्रेसबाट पनि सहिद भएका छन् उनिहरुको पनि सालिक राकियोस् । नेपालि काँग्रेस दार्मा गाउँपालिको ईन्चार्ज समेत रहेका वलिले भने सहिद गेटमा सबै सहिदहरुको फोटो राख्ना र गेट माथि राखिएको हसिया हटौडोको चिन्ह हटाउन गाँपालिकालाई पटक पटक आग्रह गरेको बताए । यति गर्दा गर्दै पनि हसिया हटौडोको चिन्ह नहटाए म फाल्छु , नेपालि काँगेस आफैले त्यो चिन्ह फाल्ने बताए ।
तर गाउँपालिकाले भने पौष १० गते एक बृहत कार्यक्रम गरी सहिदहरुको सम्झनामा निर्माण गरिएको सहिद गेट र सहिदहरुको प्रतिमा अनावरण गरीसकेको छ । गेटमा हसिया हटौडोको चिन्ह नराख्ने कुरा उठेपनि यो कुनै पर्टिको चिन्ह नभई किसान, मजदु र श्रमिकहरुको अंकित चिन्ह भएकोले गेटमा उक्त चिन्ह निर्माण गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसिले जान्कारी गराएका थिए ।