त्रिपाल मुनीको चिसोले सल्यानका भुकम्प पिडित बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । गत कात्र्तिक १७ गते राती गएको भुकम्प बाट प्रभावित भएका जिल्लाको दार्मा गाउँपालिकाका भुकम्प पिडितहरु बिरामी पर्न थालेपछि घरैमा गएर स्वास्थ्य जाँच गर्न थालिएको हो । चिसोका कारण बालबालिका, सुत्केरी, बृद्धबृद्धा विरामी परेपछि विरामीको घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो ।
अधिकांश भुकम्प पिडित त्रिपाल मुनि बस्दै आएका र तिनिहरुमा स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको स्थानिय व्यवस्थापनमा स्वास्थ्य उपचार थालिएको हो ।
स्वास्थ्योपचारका लागि स्वास्थ्यसेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढामगर लगायत डाक्टर, स्वास्थ्यकर्मी र पालिकाको स्वास्थ्यकर्मीको सहित १४ जनाको टोली खटिएको छ । खटिएको टोलीले जनज्योती मावि फारुलामा अध्ययनरत विद्यार्थीबाट स्वास्थ्योपचार सुरु गरेको थियो ।
भौगोलिक विकटताका कारण पालिकाका सबैलाई समेटन नसकिने र विरामी परेका समेत उपचारका लागि जान नसक्ने अवस्था सिर्जना भएपछि विरामी परेकाको घरघरमा गएर स्वास्थ्योपचार गर्न थालिएको दार्मा गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनु भयो ।
उनका अनुसार भुकम्पका कारण दार्मामा झन्डै १ हजार १ सय बढि घर बस्नै नमिल्ने गरी क्षती भएका छन भने १ हजार बढि आशिंक क्षती भएका छन । जसका कारण २ हजार बढि विस्थापित भएर घर नजिकैको खुला स्थानमा त्रिपाल टागेर बस्दै आएका छन । खुला स्थानमा बस्नु पर्दा बालबालिकामा निमोनिया, सुत्केरी तथा अन्यमा ज्वरो र बुढाबुढीमा दमको समस्या बढी देखिएको थियो ।
स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले सामान्य रुघाखोकी, ज्वारो आउने, टाउको दुख्ने लगायतका समस्या देखिएपनि त्यस्तो जटिल समस्या नदेखिएको बताउनु भयो । चिसोले गर्दा बालबालिका, सुत्केरी तथा बुढाबुढी समस्यामा परेका कारण कुनै पनि रोगको महामारीको रुप लिन नपाओस भनि स्वास्थ्योपचार सेवा सञ्चालन गरेर उनिहरुलाई सचेत गराईएको बताउनु भयो ।
दार्मा गाउँपालिकामा भुकम्पका कारण झन्डै १ हजार १ सय बढि घर बस्नै नमिल्ने गरी क्षती भएका छन भने १ हजार बढि आशिंक क्षती भएका छन । जसका कारण २ हजार बढि विस्थापित भएर घर नजिकैको खुला स्थानमा त्रिपाल टागेर बस्दै आएका छन । खुला स्थानमा बस्नु पर्दा बालबालिकामा निमोनिया, सुत्केरी तथा अन्यमा ज्वरो र बुढाबुढीमा दमको समस्या बढी देखिएको छ ।त्रिपाल मुनीको चिसोले सल्यानका भुकम्प पिडित बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । गत कात्र्तिक १७ गते राती गएको भुकम्प बाट प्रभावित भएका जिल्लाको दार्मा गाउँपालिकाका भुकम्प पिडितहरु बिरामी पर्न थालेपछि घरैमा गएर स्वास्थ्य जाँच गर्न थालिएको हो । चिसोका कारण बालबालिका, सुत्केरी, बृद्धबृद्धा विरामी परेपछि विरामीको घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो ।
अधिकांश भुकम्प पिडित त्रिपाल मुनि बस्दै आएका र तिनिहरुमा स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको स्थानिय व्यवस्थापनमा स्वास्थ्य उपचार थालिएको हो ।
स्वास्थ्योपचारका लागि स्वास्थ्यसेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढामगर लगायत डाक्टर, स्वास्थ्यकर्मी र पालिकाको स्वास्थ्यकर्मीको सहित १४ जनाको टोली खटिएको छ । खटिएको टोलीले जनज्योती मावि फारुलामा अध्ययनरत विद्यार्थीबाट स्वास्थ्योपचार सुरु गरेको थियो ।
भौगोलिक विकटताका कारण पालिकाका सबैलाई समेटन नसकिने र विरामी परेका समेत उपचारका लागि जान नसक्ने अवस्था सिर्जना भएपछि विरामी परेकाको घरघरमा गएर स्वास्थ्योपचार गर्न थालिएको दार्मा गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनु भयो ।
उनका अनुसार भुकम्पका कारण दार्मामा झन्डै १ हजार १ सय बढि घर बस्नै नमिल्ने गरी क्षती भएका छन भने १ हजार बढि आशिंक क्षती भएका छन । जसका कारण २ हजार बढि विस्थापित भएर घर नजिकैको खुला स्थानमा त्रिपाल टागेर बस्दै आएका छन । खुला स्थानमा बस्नु पर्दा बालबालिकामा निमोनिया, सुत्केरी तथा अन्यमा ज्वरो र बुढाबुढीमा दमको समस्या बढी देखिएको थियो ।
स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले सामान्य रुघाखोकी, ज्वारो आउने, टाउको दुख्ने लगायतका समस्या देखिएपनि त्यस्तो जटिल समस्या नदेखिएको बताउनु भयो । चिसोले गर्दा बालबालिका, सुत्केरी तथा बुढाबुढी समस्यामा परेका कारण कुनै पनि रोगको महामारीको रुप लिन नपाओस भनि स्वास्थ्योपचार सेवा सञ्चालन गरेर उनिहरुलाई सचेत गराईएको बताउनु भयो ।
दार्मा गाउँपालिकामा भुकम्पका कारण झन्डै १ हजार १ सय बढि घर बस्नै नमिल्ने गरी क्षती भएका छन भने १ हजार बढि आशिंक क्षती भएका छन । जसका कारण २ हजार बढि विस्थापित भएर घर नजिकैको खुला स्थानमा त्रिपाल टागेर बस्दै आएका छन । खुला स्थानमा बस्नु पर्दा बालबालिकामा निमोनिया, सुत्केरी तथा अन्यमा ज्वरो र बुढाबुढीमा दमको समस्या बढी देखिएको छ ।