कार्तिक २३ सल्यान ।

सल्यानको कपुरकोट गाउँ पालिका वडा नम्बर ४ मा हिजो २२ गते देखि देखि प्रथम वडा अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ ।

कपुरकोट गाउँ पालिका ४ ले आयोजना गरेको प्रथम वडा अध्यक्ष कप कार्यक्रममा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मौलिक कला संस्कृति संरक्षण कार्यक्रम र वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता किमुचौर स्थित घंघारिचौरमा सल्यान ख बाट निर्वाचित प्रदेश सांसद माननीय सुरेश अधिकारी ज्यू बाट उद्घाटन गरिएको हो ।

प्रथम वडा अध्यक्ष कप प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सल्यान ख बाट निर्वाचित प्रदेश सांसद माननीय सुरेश अधिकारीले कार्यक्रममा बोल्दै सल्यान ख क्षेत्रमा इतिहासमै पहिलोपटक धेरै बजेट आएको र त्यो बजेट कुनै भ्रष्टाचार नभैइ सहि तरिकाले सदुपयोग भएर जनतालाई समान तरिकाले बिकाश गर्नको निम्ति वडा अध्यक्ष ज्यू हरुलाई निगरानी गर्न अनुरोध गरेका छन् । अधिकारिले आफु नेपाली काङ्ग्रेस चुनाव चिन्ह रुख बाट निर्वाचित भएपनि म सबैको साझा सांसद हु र मैले मेरो कार्यकालमा कुनै पार्टी नहेरी समान तरिकाले बिकाश गर्ने भनेर अठोट पनि गरेका छन् । साथै ४ नम्बर वडाले गरेको प्रथम वडा अध्यक्ष कप कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम निकै उत्कृष्ट भएको र भोलि आफू पनि त्यहि उमेरमा जानुपर्ने कुरा बताउदै यो जाडो मौसमको बेला न्यानो ब्लान्केट बितरण जस्तो राम्रो कार्यक्रम अगाडि सारेकोले वडा अध्यक्ष मित्रलाल कठायतलाई बिशेष धन्यवाद दिदै सम्पुर्ण खेलाडीहरुलाई अनुशासन ढंगले खेल्न अनुरोध समेत गरेका थिए ।

त्यसैगरी क्रमश बिशिष्ठ अतिथिमा गाउँ पालिका उपाध्यक्ष प्रकाश भण्डारी ज्यू, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली ज्यू, अतिथिहरुमा २ नम्बर वडा अध्यक्ष इश्वर बुढा, ३ नम्बर वडा अध्यक्ष प्रदीप खड्का, ने.रा.मा.वी. प्राचार्य दामोदर शर्मा, जिल्ला बनस्पति कार्यालय मुलपानीका प्रमुख मित्र पाठक, सामुदायिक वन महासंघ केन्द्रिय सदस्य घनश्याम शर्मा, नेकपा एमाले कपुरकोट अध्यक्ष दोर्ण केसि, नेकपा माओवादी कपुरकोट सचिब पवन कार्की, नेपाली काङ्ग्रेस कपुरकोट प्रवक्ता कुबेर खत्री, नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष बामदेब अधिकारी, कपुरकोट क्याम्पस प्रमुख रुपलाल एरी, खेलकुद विकास समिति कपुरकोट अध्यक्ष सेर बहादुर पुन, कपुरकोट प्रहरी चौकि प्रमुख रतन शर्मा, कपुरकोट स्वास्थ शाखा प्रमुख सुवास हमाल, योजना तथा सुपरिवेक्षण ईकाई प्रमुख जिबराज केसी, लेखा शाखा प्रमुख बिष्णु आचार्य लगाएत पत्रकार, कलाकार अन्य अतिथिहरुको पनि सहभागीता रहेको थियो ।

कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका प्रकाश भण्डारीले भलिबल प्रतियोगिताको बल नेट जोडिएको रिबन काटेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उपस्थित अतिथिहरुले कार्यक्रममा बोल्दै सबै दल अथवा विभिन्न तह र तप्काका ब्यक्तित्वहरुलाई समान तरिकाले मिलाएर लगेको भन्दै वडा अध्यक्षलाई धन्यवाद दिएका थिए । साथै पनि ४ नम्बर वडाका खेलाडीहरुलाई अनुशासित तरिकाले खेल खेल्न अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमका सभाध्यक्ष रहेका कपुरकोट ४ का वडा अध्यक्ष मित्रलाल कठायतले खेल निष्पक्ष तरिकाले खेलाउन र अनुशासित र लगनशील भै खेल खेल्न रेफ्री र खेलाडीलाई अनुरोध गरेका थिए ।
अध्यक्ष कठायतले खेल खेल्दा फिल्डमा आउने हरेक किसिमका समस्याहरुमा सहजता ल्याउन वडा परिवार, रेफ्री, खेल संयोजक लगाएतलाई लागि पर्ने जनाए ।

भलिबल प्रतियोगितामा १५ वटा तिमले दर्ता गरेको खेल संयोजक तथा वडा सदस्य रेशम चन्दले जानकारी दिएका छन् । सबै खेलहरु आज २३ गते बाट सुरु भएर भोलि २४ गते समापन गरिने वडा सचिब हिरामन घर्तीले जानकारी दिएका छन ।

वडा सदस्य दिपक पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलाकार तथा समाजसेवी यम थापाले खेलकुद गरेका थिए ।