असाेज २०, सल्यान ।
सल्यानमा शनिबार दिउँसाे भएकाे बस दुर्घटनामा परि २ जना महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा सल्यान त्रिबेणी गाउँपालिका ६ निवासी ४४ वर्षीया अनिता बोहरा र दाङ तुलसीपुर ६ निवासी ३२ वर्षीया सुनिता सुनार रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकाेट गाउँपालिका ३ मुलपानी स्थित राप्ती राजमार्गमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि ६ जना घाइते भएका छन् । जसमा ३ जनाकाे अवस्था गम्भीर रहेकाे छ । गम्भीर घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका ४ निवसी ३५ वर्षका कमान सिंह, त्रिवेणी गाउँपालिका ६ निवासी २७ वर्षीया माया राना र ठेगाना नखुलेका ३५ वर्षीय बिनोद श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर गाेपाल श्रेष्ठले जानकारी दिए ।
यसैगरी अन्य घाइते हुनेमा शारदा नगरपालिका १० निवासी चालक २६ वर्षीय मेघराज कुँवर, त्रिबेणी गाउँपालिका ६ निवासी ६० वर्षीय प्रेम बहादुर बुढा र ४५ वर्षीया पुष्पा बुढा रहेका छन् । घाईते लाई उद्दार गरी उपचारको लागी तुल्सीपुर दाङ तर्फ पठाएको प्रहरीले जनाएकाे छ ।
