सल्यान २६ भदौ ।
हिन्दु नेपाली नारिहरुको महान पर्व तिज नजिकिय सङ्गै कपुरकोट गाँउपालिका वडा नं ४ मा तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । ४ नं वडा कार्यालयको आयोजनामा हिजो मंगलबार भएको कार्यक्रममा एकल नृत्य, आमा समुहको सामुहिक नृत्य र घैटोफोर प्रतियोगिता पनि सम्पन्न भएको छ । एकल नृत्य प्रतियोगितामा चाँदनी बुढा प्रथम, मुना थापा दोश्रो र अस्मिता रेउले तेश्रो भएकी छिन । त्यस्तै सामुहिक आमा समुहको नृत्यमा लालिगुराँस स्वास्थ्य आमा समुह प्रथम, हिमाली स्वास्थ आमा समूह दोश्रो र जनजागृती स्वास्थ्य आमा समूह तेश्रो भएको छ । एकल तथा आमा समूहहरुको सामुहिक नृत्यको निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कर्णाली प्रदेश सदस्य यम थापा, राष्ट्रिय संगीत कर्मि संघ जिल्ला शाखा सल्यानका वरिष्ठ उपाध्यक्ष चुडामणि पि एम र कलाकार शान्त राम सेन्चुरिले गरेका थिए । त्यस्तै घैटोफोर प्रतियोगितामा भने गिता घर्तीले पुरस्कार जितेकी छिन ।
कपुरकोट गाउँ पालिका वडा नं ४ कि वडा सदस्य होम कुमारी बुढाको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, बिशिष्ट अतिथिमा उपाध्यक्ष प्रकाश भण्डारी, बिशिष्ट अतिथिमै प्रमुख प्रशासकीय अघिकृत भरत ओलि, त्यस्तै अतिथिहरुमा कपुरकोट गाउँपालिका वडा नं ४ का अध्यक्ष मित्र कठायत, योजना शाखा अधिकृत खगेन्द्र शाही , महिला विकास शाखा प्रमुख हिरा कुमारी वली लगाएतको आथित्यता रहेको थियो । स्वास्थ्य स्वयंसेविका माया पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन भुमा रावलले गरेकि थिइन ।
