भाद्र १०, सल्यान ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नरेश भण्डारीले नेपालको संविधान सहिदको रगतले लेखिएको बताएका छन ।
रगतको मसिले लेखेको ईतिहास जोगाउनको लागि माओवादी केन्द्रले रूपान्तरण अभियानको शुरू गरिएको बताएका हुन ।
घरघरमा माओवादी, जनजनमा माओवादी विशेष रूपान्तरण अभियानको सन्दर्भमा आयोजित कपुरकोटको विस्तारित बैठक तथा प्रशिक्षण लाई सम्बोधन गर्दै कर्णाली सरकारका पुर्व मन्त्री समेत रहेका भण्डारीले यस्तो बताएका हुन ।
पार्टीको ३ महिने अभियानका क्रममा सल्यान ईन्चार्जको जिम्मेवारीमा रहेका भण्डारीले सल्यानले परिवर्तनको लागि महत्वपुर्ण योगदान दिएको भन्दै त्यसलाई रक्षा गर्नुपर्ने धारणा राखेका छन ।
उनले सुशासनयुक्त समाज, सल्यान र नेपाल बनाउने अभियानमा नेतृत्व निरन्तर लागेको बताए ।
कार्यक्रमलाई सम्बोधनका क्रममा अर्की केन्द्रीय सदस्य टीका बुढाथोकीले माओवादी सच्चिएर जानुपर्ने बेला आएकाले जनतामा जानुपर्ने बताएकी छन । अर्का नेता केन्द्रीय सल्लाहकार तथा कपुरकोट ईन्चार्च खडानन्द लामिछानेले अभियानले कार्यकर्तामा उर्जा थप्ने बताए । पार्टीका कपुरकोट अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बालाराम खड्काले गरेका थिए ।
कार्यक्रममा वडा नं १ बाट बालाराम खड्का, २ बाट सन्त बहादुर बुढा, ३ बाट पवन कार्की, ४ बाट प्रमोद बुढा, ५ बाट नारायण विक र ६ बाट गंगाराम महतराले रिपोर्ट प्रस्तुत गरेका थिए ।
