भदौ ९, सल्यान ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले जनयुद्धको लडाई भन्दा अहिलेको भ्रष्टाचार विरुद्धको लडाइ निकै कठिन देखिएको बताउनु भएको छ । भ्रष्टाचार बिरुद्धको लडाईमा पार्टी भित्रका कुनै व्यक्तिले पनि भ्रष्टाचार गरेको प्रमाणित भए पार्टीले नछोडने बताउनु भएको छ ।
नेपालको क्यान्सरको रुपमा रहेको भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्न वर्तमान सरकार लागी परेकाले भ्रष्टाचार विरुद्धको लडाई सबै नेपालीको साझा लडाइ बन्नु पर्ने बताउनु भयो । शुक्रवार सल्यानको बागचौर आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको सन्दर्भमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका भण्डारीले वर्तमान प्रचण्ड सरकार भ्रष्टाचारी, बेथिति गणतन्त्र विरोधीको आक्रमण गरी रहेता पनि त्यसका विरुद्ध कटिबद्ध भएर सु शासन कायम गर्ने बाटोमा लम्की रहेको बताउनु भयो. । उहाँले भन्नु भयो भ्रष्टाचारको कालो बादल गणतन्त्रको आकाशमा मडारी रहेको छ । त्यसका विरुद्ध माओवादीले जेहाड छेडेको छ त्यसमा सबै नेपालीको साथ सहयोग आवश्यक रहेको छ ।

सरकारले गरेका राम्रा कामप्रति जनताको आशा पलाएको बताउनुभएको छ । भ्रष्टाचार विरोधी अभियान, ललिता जग्गा प्रकरण, सुन तस्करी काण्ड, मिटर ब्याजलगायतका विभिन्न समस्याप्रति सरकारले चलाएको कदममा जनताले साथ दिएको उहाँले बताउनुभयो । विगतका घटनाहरूलाई स्मरण गर्दै यस पटक सरकारले आपराधिक गतिविधिलाई निस्तेज पार्दै सामाजिक न्यायको क्षेत्रमा धेरै राम्रा कामकारबाही गरेको छ, सो कुरा जनतासमक्ष जस्ताको त्यस्तै जानुपर्छ, नेता भण्डारीले जोड दिएर भन्नुभयो ।
माओवादीले सञ्चालन गरेको तीन महिने अभियानमा जनतासँग नेता कार्यकर्ताले आत्मालोचना गर्नुपर्ने बताउनु भयो ।
“जनता होइन हामी नेताहरू बिग्रेको छौँ । राजतन्त्रात्मक व्यवस्था ढालेर गणतन्त्र ल्याउन जनताले माओवादीलाई साथ दिएका थिए । तर हाम्रो पछिल्लो पटकका व्यवहारले आफूहरूसँग गरेका वाचा र प्रतिबद्धता माओवादीले तोड्यो कि भन्ने जनतालाई शङ्का पैदा भएको छ । त्यो शङ्का मेटाउन आत्मसमिक्षासहित जनतामा जान अभियान घोषणा गरिएको हो । अब हामीले फेरि कमीकम्जोरीप्रति आत्मरक्षा गर्दै जनतासँग एकाकार गर्नुपर्छ” भण्डारीले भन्नु भयो । जनयुद्धमा सल्यानले खेलेको जस्तै पार्टी रुपान्त्रणमा पनि भूमिकाको अपेक्षा आफूले गरेको भन्दै इन्चार्ज भण्डारीले आआफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिनु भयो ।
यस्ता छन् अभियानका प्रतिबद्धता र कार्यक्रमहरु
salyan action plan for press conference



