२० श्रावण २०८०
चरचित लोक तथा दोहोरी गायक प्रकाश कटुवाल र चरचित लोक तथा दोहोरी गायिका सिर्जु अधिकारिको तिज गित “नाठो पोइ” सार्वजनिक भएको छ ।
यो वर्षको पनि नारिहरुको महान चाड हरितालिका तिज नजिकिय सङ्गै तिज गितहरु बजारमा आउने क्रम बाक्लो हुदै गएको छ । यसै क्रममा प्रकाश कटुवालको निकै उत्कृष्ट टिपिकल शब्द र मन छुने लयमा तयार पारिएको गितमा कटुवाल सङ्गै चरचित तथा लोकप्रिय गायिका सिर्जु अधिकारिको कणर्प्रिय आवाज रहेको छ । भने गीतमा चर्चित गायक प्रकाश कटुवाल संगै चर्चित कलाकारहरु नेहा गौतम, साजन बास्कोटा, शोभा बिश्वकर्मा, राम चन्द्र अधिकारि र कुस्मा दाहालको उत्कृष्ट अभिनय रहेको देखिन्छ । गितमा अहिले पछिल्लो समयमा गाउँ समाजमा घट्दै आएको यथार्थ कुरालाई गित सङ्गै भिडियो मार्फत झल्काउन खोजिएको छ । दाजु बहिनिको पात्र बाट अभिनित भिडियोमा भाइले दिदिलाई नाठो पोइ सङ्ग उठ्बस गरेको र भिनाजु बिदेशमा रहेको देख्न सकिन्छ भने भाइ पनि बिदेशिको श्रीमती सङ्ग लागेको दिदिले दर्साएको बुझ्न सकिन्छ । गितमा बेला बेलामा प्रकाश कटुवालको ठट्यौली पना मिसिए सङ्गै गोप्ते काजिको कमेडि बोलि र अभिनयले भिडियो अझ उत्कृष्ट बनेको पाइएको छ ।
प्रकाश कटुवालको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा स्मृति तिमिल्सिना (गुरु आमा) ले निर्देशन गरेकि छन् । गित प्रीज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो भने सोहि गितको एरेन्ज चरचित संगितकार बिबि अनुरागिले गरेका थिए ।
उसोत प्रकाश कटुवाल र सिर्जु अधिकारिको यो भन्दा पहिलेनै छेकेन जामाले, पहिलो बेसार लगाएत सफल गितहरु बजारमा ल्याई सकेका थिए । यो पालिको गित पनि दर्शक श्रोताको माया सहितको कमेन्ट र गित भित्र देखिएको दृश्यले पनि गीत चल्ने पक्का देखिएको छ ।
भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला
