जेठ १६, सल्यान ।

कपुरकोट गाउँ पालिकाकाे दोश्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता मंगलबार अर्थात जेठ १६ गते सम्पन्न भएको छ । समापन कार्यक्रमको खेलकुद विकास समिति कपुरकोट गाउँ पालिका अध्यक्ष सेर बहादुर पुनको सभाध्यक्ष बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा कपुरकोट गाउँ पालिका अध्यक्ष दुर्गा बहादुर पुन, बिशिस्ट अतिथिमा कपुरकोट गाउँ पालिका उपाध्यक्ष प्रकाश भण्डारी त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलि रहनु भएको थियो । भने अतिथिहरुमा वडा अध्यक्षहरु, वडा सदस्यहरु विभिन्न राजनीतिक दलका पार्टी प्रमुख वा प्रतिनिधिहरु, पत्रकार, सुरक्षाकर्मि लगाएतको उपस्तिथि रहेको थियो ।

दोश्रो अध्यक्ष कप समापन भए सङ्गै गापा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र खेलकुद व्य.स. अध्यक्षले विजयि हुने टिमलाई बधाई र पराजित हुने टिमलाई मन नदुखाउन र आगामी दिनहरूमा अझ सशक्त रुपमा प्रस्तुत भएर खेल अगाडि बढाउन हौसला प्रदान गरेका थिए ।

जेठ १५ गते बाट सुरु भएको दोश्रो अध्यक्ष कप खेलकुद प्रतियोगितामा शिल्ड वडा नं. ३ ले जितेको छ ।

त्यसैगरी द्वितीय स्थान वडा नं. ४ ले जितेको छ ।

र तृतीय स्थान वडा नं. २ ले जितेको छ ।

प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेलाडीमा कर्णाली प्रदेशको नेतृत्व गर्दै राष्ट्रिय खेलाडी बनि सकेका कपुरकोट गाउँ पालिका वडा नं. ३ का खेलाडी ललित सेन उत्कृष्ट खेलाडी छनोटमा परेका हुन ।

जेठ १५ अर्थात हिजो देखि सुरु भएको भलिबल प्रतियोगिता आज १६ गते सम्म कपुरकोट गाउँ पालिका वडा नं. ४ किमुचौर स्थित घंघारिचौरमा संचालित प्रतियोगितामा छात्र भलिबल खेलमा गाउँ पालिकाका ६ वटा वडाका खेलाडीहरुले सहभागीता जनाएका थिए । भने समापन कार्यक्रमको सहजीकरण शिक्षा शाखा सहायक प्रमुख रमेश आचार्यले गरेका थिए ।