मंसिर १९, सल्यान ।
सल्यानमा नेपाल विद्यार्थि संघ सल्यानले जागरण अभियान सुरु गरेको छ । कोरोना भाइरसबाट बच्ने सन्देश दिने गरी नेविसंघले अभियान चलाएकोे हो । सल्यान खलंगाबाट शुरु भएको अभियान जिल्लाभर चलाइने नेविसंघ सल्यानका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिएका छन । उनले जिल्लाका सबै स्थानमा सन्देश दिनेगरी जागरण अभियान चलाएको जानकारी दिएका हुन् । कोरोना भाईरसबाट बाँच्न र सजक बनाउन यो अभियान चलाएको बताए । उनले भने– कोरोना भाइरस, मान्छेहरुले सोचेको जस्तो सामान्य नभएको यसले शरिरका विभिन्न अंगमा प्रत्यक्ष असर पार्ने भएकाले सजग बन्नु होला ।
कार्यक्रमको सुरुवात गर्दै शारदा नगरपालिकाका प्रमुख तथा काँग्रेस नेता सुरेश अधिकारीले राज्यले काँगे्रसलाइ हेर्ने दृष्टिकोण गलत भएकाले काँग्रेशका युवाहरु सजग बन्न अनुरोध गरे । उनले भने– तनहुमा हाम्रा नेता रामचन्द्र पौडेललाई दुःख दिने राज्यले देशभरी त्यहि अनुसारको अभियानमा लागेको छ तपाईहरु सजग रहनुहोला । जागरण अभियान सरसफाइ गरौं, सावुनपानीले हात धोऔं, मास्क सेनिटाइजरको प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं, आफु बचौ र अरुलाइ पनि बचाऔ भन्ने नारा सहित सुरु गरिएको छ ।
नेपाल विध्यार्थि संघ सल्यानको आयोजना र नेपाली काँग्रेस सल्यानका सचिव प्रकाश भण्डारीको अगुवाईमा सरु भएको अभियानको कार्यक्रमको सहजिकरण नेविसंघका उपाध्यक्ष प्रेम नारायण विकले गरेका थिए । खलंगाबाट सुरु गरिएको कार्यक्रम आजै श्रीनगरमा पनि समपन्न गरिएको छ । कार्यक्रममा पत्रकार, सुरक्षामा खटिएका ट्राफिक प्रहरी र सहभागी सबैलाइ पन्जा, मास्क तथा सेनेटाइजर प्रदान गरिएको थियो । अभियानलाई सफल बनाउन सफल व्यवसायि तथा समाजसेवि सुदन श्रेष्ठ, सुरुक्षाकर्मि लगायत नेविसंघ सल्यानका युवाहरुको उल्लेखनिय भुमिका रहेको थियो ।



