सल्यान, १७ बैशाख ।
योे समय बिद्यालयमा बिद्यार्थि भर्ना हुने र पठनपाठन शुरु हुने समय हो । तर सल्यानको बागचौर नगरपालिका वडा नं.२ थारमारेमा रहेको श्री जनकल्याण नमुना माध्यामिक बिद्यालयमा भने सांस्कृतिक मेलाको ध्वनीमा गुञ्जिरहेको छ । बिद्यालयको पठनपाठन नै रोकेर बागचौर नगर कृषि, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । युनिभर्सल युवा क्लव थारमारेले आयोजना गरेको उक्त महोत्सव बैशाख १७ गते देखि बैशाख २४ गते सम्म संचालन हुना लागेको छ । स्थानियले भने मेला लगाउनु राम्रो भएता पनि विद्यालय संचालन भईरहेको वेला विद्यालय हाता भित्र बिद्यार्थिलाई असर पर्ने गरी यस्ता मेला तथा अरु काम गर्नु राम्रो नभएकोे बताएका छन् । मेला लगाउनु नै थियो भने अन्य ठाउँमा गर्नुपर्ने स्थानियले बताए । भर्ना अभियान सकेर पठनपाठन सुरु गर्ने वेला बिद्यालयमा मेलाको आयोजना गर्नाले बिद्याथीर्को पठनपाठनमा सोझै असर पर्ने अविभावकहरुको भनाई छ ।
सोहि विषयमा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुझदा पठनपाठन सुरु हुने समयमा बिद्यालयमा मेलाको आयोजना गर्नु ठिक नभएको बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले मेला महोत्सव संचालन गर्न दिने या नदिने अधिकार स्थानिय तहको भएकोले स्थानिय सरकारले पनि बिद्यालय क्षेत्र भित्रमा अनुमति दिन नहुने बताउनु भयो । उहाँले भन्नु भयो हामीलाई सुरुक्षाको लागि पत्र आएको थियो र हामीले सुरुक्षा व्यावस्थापनको लागि पहल गर्ने हो अरु जिम्मा स्थानिय सरकारको हो र स्थानिय सरकारले बिद्यालयमा बाहेक अन्य ठाउँमा कार्यक्रम गर्ने अनुमति दिनु पर्ने हो तर किना र कसरी अनुमति दिईयो त्यो आफुलाई जानकारी नभएको उहाँले भन्नु भयो । पठनपाठन सुरु हुने समयमा विद्यालयमा मेला लगाउनु वेमौसमी बाजा बजेको जस्तो आफुलाई अनुभुती भएको उहाँले बताउनु भयो । यो बिषयमा बिद्यालयका प्र.अ लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुना नसकेको उहाँले बताउनु भयो । उता बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने मेलाले बिद्यालयमा भर्ना हुन आउने बिद्यार्थि संख्या बढ्ने बताउनु भयो । उहाँले बिद्यालयमा पठनपाठन नभए पनि मेला हेर्न आउने रहरले त्यहाँ पढ्ने बिद्यार्थि भर्ना हुने भएकोले भर्ना अभियानमा सहयोग पुग्ने बताउनु भयो । उहाँले मेला अवधिको विचमा ३ दिन जति बिदा नै परेको र ३ दिन जति पठनपाठनमा असर पर्ने भएता पनि जनप्रतिधिकै सल्लाहमा अनुमति दिएको बताउनु भयो । नगरपालिको शैक्षिक क्यालेन्डरमा भने बैशाख १७ गते आईतबार देखि नै पठनपाटन सुरु गर्ने निति बनाएको उहाँले बताउनु भयो ।
तेस्तै श्री जनकल्याण नमुना माध्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख बहादर के.सीले आफुलाई यो विषयमा कुनै जानकारी नभएको बताउनु भएको छ । आफु वि.व्य.स को अध्यक्ष भए पनि केहि कारणले बिद्यालयको काम गर्न नपाएको उहाँले बताउनु भयो । मेला संचालनको विषयमा आफुसंग बिद्यायल तथा अयोजकले सोधपुछ नगरेको बतादउै, मेला लगाउनु नै थियो १५ गते अगाडी नै लागाउनु पथ्र्यो यो समयमा मेला लागेको देख्दा आफुलाई पनि चित्त नबुझेको उहाँले बताउनु भयो । यो विषयमा बिद्यालयका प्र.अ लाई हामीले सम्पर्क गरी बुझ्ना खोज्दा सम्पर्क हुन सकेको छैना ।