तुलसीपुर, २३ चैत ।
दाङमा बस दुर्घटना हुदा ११ जना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर १७ निवासी २४ वर्षीय बिकास कार्की, बंगलाचुली ४ निवासी २८ वर्षीया रिना पुन मगर, घोराही ३ निवासी २८ वर्षीया तुलसी चौधरी, घोराही १८ निवासी २० वर्षीया बबिता घर्ति, घोराही १० निवासी ५० वर्षीया सिता नेपाली, सोही ठाँउ निवासी ५२ वर्षीय गोविन्द नेपाली, सोही ठाँउका १० वर्षीया डिलिसा नेपाली, बर्दियाको राजपुर नगपालिका ८ का ३० वर्षीय आकाश थारु, बाकेको राप्ती सोनारी ८ निवासी ३४ वर्षीया अमृता बुढाथोकी, प्युठानको झिम्रुक गाउँपालिका ५ निवासी ४६ वर्षीया अमृता पुन र प्युठान नगरपालिका ५ निवासी २२ वर्षीया सरिता केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङलृ जानकारी दिएको छ ।
प्रहरीका अनुसार नेपालगञ्जबाट घोराही तर्फ आउदै गरेको भे १ ख २३१९ नम्बरको बस आज ९बिहिबार० दिउसो सवा ३ बजेको समयमा लमही घोराही सडक खण्डको मसोट खोला नजिकै आफै अनियन्त्रीत भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका ११ जना मध्य ३ जनाको कृपा मेडिकल लमहीमा, ३ जनाको लमही अस्पतालमा र बाकी ५ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै फरार रहेका बस चालकको खोजी कार्य जारी रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।