चैत २१, सल्यान ।

राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। परिषदका अध्यक्ष प्रबिण भण्डारीको अध्यक्षतामा सोमबार खलंगामा सम्पन्न भएकोे छ ।

प्रमुख अतिथि शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले सभाको सम्बोधन गर्दै कला साहित्यको जगेर्नाका लागि परिषदले खेलेको भुमिका प्रशंसनीय रहेको भन्दै त्यसको प्रबर्द्धन तथा उन्नयनका लागि नगरपालिकाको सहयोग सदैब रहने बताए । साहित्यकारहरुले जिल्लाको विकास, सुशासन र समृद्धिका लागि कलम चलाउन पनि उनले आग्रह गर्नुका सथै आफुमा पनि सहित्य रुचि भएको उनले बताए ।त्यस्तै कार्यक्रमका सभाअध्यक्ष प्रविण भण्डारीले परिषद्लाइ जोगाउन र सल्यानको साहित्यलाइ माथी उठाउन आफुहरु सधै लागिरहेको बताए । उनले आफुहरुले अन्य क्षेत्रबाट आयआर्जन गरेको पैसालाइ समेत संस्थाको कार्यक्रममा राखेर कार्यक्रमहरु गर्ने गरेको बताए । सहित्य क्षत्रमा कहि कतै बाट पनि लगानि नहुनाले आफुहरुले अन्य क्षेत्रबाट आयआर्जन गरेको पैसालाइ संस्थाको कार्यक्रममा राख्नुपर्ने भध्यता भएको बताए ।

कार्यक्रममा साहित्यकार छविकिरण अधिकारी, मोहनसिंह घर्ति, सिर्जना विष्ट र ओमप्रकाश देवकोटाले मुक्तक बाचन गरेका थिए । उनिहरुलाइ परिषद्ले सम्मान पत्र समेत दिएको थियो ।

कार्यक्रममा सल्यान बहुमुखी क्याम्पसका प्रमुख विनोद कुमार वली, संस्थाका सल्लाहाकार मौषमदास श्रेष्ठ, विष्णु शर्मा लगाएतले मन्तव्य राखेका थिए । परिषद्का उपाध्यक्ष इन्द्रभण्डारी अङ्कित को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रको सन्चालन सचिब तारादेव शर्माले गरेका थिए ।