२४ माघ २०७९

पुरानो संचारकर्मि तथा गायिका हरिकला बुढा मगरको पहिलो सांगीतिक कोसेलि “कपुरकोटमा भिर” सार्वजनिक भएको छ ।

लोकप्रिय गायक कृष क्षेत्रीको निकै उत्कृष्ट टिपिकल शब्द र मन छुने लयमा तयार पारिएको गितमा कृष क्षेत्री र हरिकला बुढा मगरको कर्णप्रिय आवाज रहेको छ । उक्त गितको भिडियोमा ममता राना मगर, सुबर्ण दुलाल, साखिरा मगर, शान्त राम सेन्चुरि, सङ्गै हास्य कलाकारहरु कुल बहादुर ओली र प्रबिन पुरीको दमदार अभिनय रहेको छ ।

विशेष गरि सल्यान मात्रै नभएर कर्णालि प्रदेशकै मुल द्वार मानिने पहाडि भेग कपुरकोट लाई जोड्दै टिपिकल झ्याउरे गित तयार पारिएको हो । ठट्यौलि पना मिसिएको गीतमा शान्त राम र सुबर्णले ममता र शाखिरालाई माया गरेको कुरा दर्साउदै आफ्नो कुरा राखेको र ममता र शाखिराले सोहि कुरालाई लजाए झै गरि स्वीकार गर्दै एक अर्का खुसि व्यक्त गरेको भिडियोमा देख्न सकिन्छ । भने बिच्च बिच्चमा हास्य कलाकार कुल बहादुर ओलि र प्रबिन पुरिको निकै उत्कृष्ट रोचक अनि घोचक कमेडि पनि रहेको छ ।

कृष क्षेत्रीको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गितमा तिलक ठकुरीको निर्देशन रहेको छ । अहिले यो गितमा टिकटक बनाउनेहरुको संख्या धेरै मात्रामा देखिएको छ । उसोत गायक कृष क्षेत्रीका यो भन्दा पहिला पनि जाम कान्छि पोइल जाम, भैसि गोठैमा, सिस्ने हिमाल जस्ता थुप्रै लोकप्रिय गितहरु बजारमा आइ सकेका थिए । त्यसैगरी केहि वर्ष यता काम बेस्तताले संचार अनि कलाकारिता क्षेत्रमा हराएता पनि गायिका हरिकला बुढा मगर कुनै बेलाको निकै चरचित ब्यक्तित्व अन्तर्गत पर्छिन । उनले यो भन्दा पहिले रेडियो कपुरकोटमा निकै लोकप्रिय कार्यक्रम चलाउथिन । जतिबेला रेडियो सुन्ने श्रोताहरुको संख्या निकै फराकिलो थियो । साथै गायिका मगर मेला महोत्सवमा हुने दोहोरी प्रतियोगिताको नेतृत्व लिदै सहभागी समेत हुने गर्थिन ।

गितको पुरा भिडियो हेर्नको निमित्त यहाँ तलको लिकं क्लिक गर्दिनु होला ।