सल्यान, २५ कार्तिक ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुले सल्यानको कालिमाटी गाउँपालिकामा क्याम्पस संचालनको वाचा गरेका छन । शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेलामा नेकपा एमालेका उम्मेदवारहरुले क्याम्पस संचानल संगै समग्र कालिमाटीको बिकासका लागि आफ्नो प्रतिबद्धता जनाएका हुन । एमालेका पोलिटब्युरो सदस्य सल्यान प्रदेशसभा ९ख० का उम्मेद्वार गुलाबजंग शाहले कालिमाटी गाउँपालिका हरेक सम्भावनाले भरिएको बताउंदै पुर्वाधार संगै अन्य सबै क्षेत्रको विकासमा आफुले इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता जनाए । झमं कुरा भन्दा बढी काम गर्नुपर्छ भन्ने मान्यताको मान्छे हुं,झ उनले भने, झसुर्य चिन्हमा मतदान गर्नका लागि आ आफ्नो गाउँ टोलमा भुमिका खेल्नुस, हाम्रो जीत सुनिश्चित छ । त्यसपछी इमान्दारिता पुर्वक दिगो विकासकै लागि हामिले काम गर्ने होझ।

भेलामा प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार राजेन्द्रवीर रायले समाज सेवा र विकास आफ्नो लक्ष्य रहेको बताए । झभ्रष्टाचार, नातावाद, कृपावाद मैले जान्दैन, अहिले पनि मैले सल्यानका एक सय बढी युवायुवतिलाइ रोजगारी दिइरहेको छु, उनले भने, दत्तचित्त भएर सल्यानकै समृद्धिका लागि काम गर्ने हो । त्यसैले सबैलाइ सुर्य चिन्हमा मतदान गर्नका लागि एमालेका एजेन्डा सहित आ आफ्नो ठाउँमा खटौंञ। शिक्षा महत्वपुर्ण क्षेत्र रहेको भन्दै उनले कालिमाटी गाउँपालिकामा क्याम्पस संचालन आफ्नो प्राथमिकता भएको बताए ।

No description available.

सो अवसरमा विभिन्न पार्टी परित्याग गरि ४ जना नेकपा एमालेमा समाहित भएको एमाले कालिमाटिका उपसचिव मोहन वलीले जानकारी दिए । चुनावी अभियान २०७९ अन्तर्गत एमाले कालिमाटीले अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो । कार्यक्रमका वक्ताहरूले जनअपेक्षा अनुसारको विकासको लागि एमालेलाई जिताउनुपर्नेमा जोड दिएका थिए ।

एमाले कालिमाटी गाउँपालिका कमिटीका अध्यक्ष केशर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उम्मेद्वार राधा सुनार सहित पार्टीका विभिन्न कमिटी र जनवर्गीय संगठनमा आवद्ध प्रमुख, प्रतिनिधिहरुको सहभागिता थियो ।

No description available.