सल्यान ०१ कात्तिक ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सल्यान प्रदेश सभा (ख) का उम्मेदवार गुलावजङ्ग शाहले अव कर्णालीको नेतृत्व सल्यानले लिनु पर्ने बताएका छन् । त्रिवेणी गाउँपालिकामा निर्वाचन परिचालन कमिटीको छलफललाई सम्बोधन गर्दै नेता शाहले आसन्न मंसिर ४ गतेको निर्वाचन पछि कर्णालीमा नेकपा एमालेको सरकार बन्ने र तेसको नेतृत्व सल्यानले लिने बताएका छन् । उनले यो सल्यानी जनताको लागि सुनौलोे अवसर रहेको कुरा जानकारी गराएका छन् । उनले सहि नेतृत्वको लागि सुर्य चिन्हमा मतदान गर्न सबै सल्यानीलाई अनुरोध गरेका छन् । सोहि कार्यक्रमलाई संबोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष भिम बहादरु सेनले सल्यान प्रदेश सभा (ख) मा नेकपा एमाले जित सुनिश्चित रहेको बताएका छन् । स्थानिय तहको निर्वाचनको नतिजालाई हेर्ने हो भने पनि केहि तल माथि भए पनि प्रदेश सभा (ख) मा एमालेको जित निश्चित रहेको बताए । उनले गठबन्धन भन्दा पनी सहि नेतृत्व चुन्न सबैलाई अनुरोध गरे । सहि नेतृत्वको बिकल्प नै नेकपा एमाले हो उनले भने । उनले थप जिल्ला ईन्चार्ज गुलावजङ्ग शाह जतिको नेता सल्यान प्रदेश सभा (ख) ले पाउनु सौभाग्य रहेका बताएका छन् । मंगलबार त्रिवेणी गाउँपालिकाको लुहाम बजारमा भएको छलफलमा १०१ सदश्यि निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको छ ।
