सल्यान २९ असोज ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सल्यान प्रदेश सभा (ख) का उम्मेदवार गुलावजङ्ग शाहले सल्यानी जनता नेकपा एमालेको पक्षमा रहेको बताएका छन् । उनले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि बिभिन्न पार्टीले सत्ता स्वार्थको लागि गरेको गठबन्धन जनताले नरुचाएको बताए । नेकपा एमाले सल्यानले अयोजना गरेको जिल्ला निर्बाचन परिचालन कमिटीको छलफलमा बोल्दै उनले सत्ता स्वार्थको गठबंधन नाम दिएर राजनितिक दलहरूले जनतालाई ठगी गरेको बताए । कुनै बिचार र राजनीतिक सिद्धान्त नमिल्ने दलहरुले गठबन्धन गरेर जनतालाई झुक्याउना खोजेको उनले बाताए । नेता शाहले नेकपा एमालेको पक्षमा लाग्नाको लागि सल्यानी जनता आतुर रहेको बताएका छन् । स्वस्छ प्रतिस्पर्धामा जान नसक्ने राजनीतिक दलहरुबाट देश बिकासको कुनै आशा नराख्ना सल्यानी जनतालाई उनले अनुरोध समेत गरेका छन् । अघिल्लो निर्वाचनमा आफु प्रदेश सभा (क) मा निर्वाचित भई गरेको बिकास क्रमलाई सम्झदै यस पटक समग्र सल्यानलाई एउटै मालामा बाँध्नाको लागि अब आफू प्रदेश सभा (ख) मा गएको बताए । आसन्न मंसिर ४ गते हुना गईरहेको निर्वाचनमा प्रदेश सभा (ख) का जनताले आफुलाई अमुल्य भोट दिने विस्वास रहेको उनले बताए । उनले कर्णालीको नेतृत्व सल्यानले गर्नु पर्ने बताउदै यस्तो मौका जनताले खेर नफाल्न अनुरोध समेत गरे ।

तेस्तै नेकपा एमाले सल्यानका प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र बिर रायले आफु एक पटक नेर्तृत्वमा पुगेर सल्यानी जानताको सेवा गर्ने ईच्छा रहेको बताएका छन् । यो अवसरको लागि पहिले देखि पर्खिएको र अब पुरा हुने दिन आएको बताएका छन् । उनले सल्यानी जनताले आफुलाई विस्वासका साथ नेर्तृत्वमा पु¥याउने आसा राखेको बताए ।

तेस्तै सल्यान प्रदेश सभा (क) का उम्मेदवार कुल बहादुर गिरीले आफ्नो क्षेत्रको समग्र बिकासका लागि आफु योग्य उम्मेदवार भएको बताएका छन् । कसैले आफूलाई नयाँ भने पनि आफू कम्युनिष्ट आन्दोलनको अगुवा भएको बताए । आफू गाबिस अध्यक्ष हुदा पनि राज्यको कुनै पनि सेवा सुबिधा नलिइ जनताको सेवा गरेको सम्झदै उनले आफू सदैब जनताको सेवामा समर्पित हुने बताए । उनले यसपालिको निर्वाचनमा सहि नेता चुन्नाको लागि आफुलाई जनताले अमुल्य भोट दिने बताए ।

आगामि कात्तिक ५ गते सम्म १० ओटै पालिका स्तरीय बैठक हुने
नेकपा एमाले सल्यानको शनिबार भएको जिल्ला निर्बाचन परिचालन कमिटी बैठकले आगामि कार्तिक ५ गते सम्म १० वटै पालिका स्तरीय बैठक सम्पन्न गर्ने निर्णय भएको जनाएको छ । जस अनुसार प्रदेश सभा (क) मा कात्तिक १ गते सिद्ध कुमाख गाउँपालिका, कात्तिक २ गते बागचौर नगरपालिका, कात्तिक ३ गते दार्मा गाउँ पालिका, कात्तिक ४ गते कुमाख गाउँपालिका र कात्तिक ५ गते बन्गाड कुपिण्डे नगरपालिकामा निर्बाचन परिचालन कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश सभा (ख) अन्तर्गत कात्तिक १ गते त्रिबेणी गाउँपालिका, कात्तिक २ गते छत्रेस्वरी गाउँ पालिका, कात्तिक ३ गते शारदा नगरपालिका, कात्तिक ४ गते कपुरकोट गाउँपालिका र कात्तिक ५ गते कालिमाटी गाउपालिका मा पालिका स्तरिय निर्वाचन परिचालन कमिटी को बैठक बस्ने जनाएको छ ।
