असार १५,सल्यान ।
असार १५ नेपाली किसाानहरुका लागि महत्त्वपूर्ण दिन हो । मानो रोपेर मुरी उब्जाउने यो दिन वर्ष भरी अन्नको जोहो गर्नका लागि किसानहरू आफ्नो खेतबारीमा व्यस्त रहन्छन् ।
रोपाई गर्दा शारीरिक परिश्रम बढी गर्नु पर्ने हुँदा जसबाट तागत पाउनका लागि कृषकहरूले खाजाको रुपमा पोसिलो खाजा दही चिउरा खाने प्रचलन छ । कृषि पेसा बाहेक अन्य पेसामा आबद्ध मानिसहरूले पनि आजको दिन दही चिउरा आएर असार १५ मनाउने गर्दछन् । आजभोलि ठाउँ अनुसार गोरुले जोतेर, मेसिन प्रयोग गरेर रोपाई गर्ने गरिन्छ ।
सल्यानमा हालसम्म ६० प्रतिशत धान रोपाई सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । लामो समयको खडेरी र सिचाई नहुने स्थानमा खेती हुन नसकेको बताउँदै कार्यालयले पर्याप्त मात्रामा बर्सात भएमा एक हप्तामा सम्पूर्ण रोपाई सकिने बताएको छ ।
जिल्लामा ७ हजार हेक्टर भन्दा बढी क्षेत्रमा धान खेती हुँदै आइरहेको छ ।










































