जेठ ४, सल्यान ।
सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्ष पदमा फेरि पनि निम बहादुर केसि विजयी भएका हुन । उनले जम्मा ४ हजार ४ सय ६४ मत ल्याएका छ्न । उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका राम चन्द्र केसिले ३ हजार १४ मत ल्याएका थिए ।
उनिहरु बिचको मतान्तर १ हजार ४ सय ५० रहेको छ ।
उनी २०७४ को स्थानीय चुनावमा पनि अध्यक्ष पदमा विजयी भएका थिए । त्यस्तै उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रबाट जुना मल्ल चन्द विजयी भएकी छिन । चन्दले जम्मा ४ हजार ४ सय ६६ मत प्राप्त गरेकि छिन । उनले नेपाली काङ्ग्रेस तर्फबाट निकटतम प्रतिद्वन्दी उषा हमाल चन्दलाई १ हजार ६०० मतान्तरले हराएकी छिन ।दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष र छ वटै वडा जितेर माओवादीले दार्मामा जित दर्ता गर्दै पहिलो पटक क्लिन स्वीपको इतिहास रच्न सफल भएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन हुँदा वडा न १ जितेको थियो तर यस पटक माओवादीले जित्न सफल भएको छ ।
६ वडा रहेको दार्मामा वडा न १ मा टंक केसी, २ मा सार्की खत्री, ३ मा पोखर बहादुर खत्री, ४ मा चन्द्र बहादुर रावत, ५ मा सुदिप केसी र ६ मा देवी खत्री निर्वाचित भएका छन् ।
