सल्यान ३ बैशाख ।
सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो ।
मेयरमा कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १ सय २७ मत ल्याएर विजयी भएका हुन । उनले निकटतम प्रतिद्धन्द्धी मनोज प्रधानलाई १ हजार १ सय ९० मतको अन्तरले पराजित गरेका हनु । प्रधानले ४ हजार ९ सय ३७ मत ल्याएका छन् । २०७४ को स्थानीय चुनावमा प्रधान राप्रपाबाट उठेका थिए ।
यस्तै उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनारले ५ हजार ३ सय ८० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी एकीकृत समाजवादीका रमेश गौतमले ४ हजार ५ सय ९५ मत ल्याएका छन् ।
१५ वडा रहेको नगरपालिकामा वडा न १,२,३,५,६,८,११,१४ मा कांग्रेस विजयी भएको छ भने वडा न ४,१०,१२,१३, र १५ मा एमाले निर्वाचित भएको छ । माओवादी केन्द्रले वडा न ७ र एकीकृत समाजवादीले वडा न ९ जितेको छ ।
