१ जेठ, सल्यान ।

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ ।

४६ मतको अन्तरले गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मान बहादुर बुढाथोकीले जित हाँसिल गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डिल्लीराज जैशीले ४ हजार १२ मत ल्याए भने विजयी बनेका बुढाथोकीले ४ हजार ५८ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लाल बहादुर रावत बिजयी बनेका छन् । रावतले ४ हजार १ सय ४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याइन् ।