सल्यान, १ जेठ ।

सल्यानको कपुरकोट गाउँपालिकामा एमालेका उम्मेदवार भिम बहादुर सेनले अध्यक्ष पदमा १५१० मत प्राप्त गरेका छन् । माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेका दुर्गा बहादुर पुनले १२०६ मत पाएका छन् । ३८१६ मत गणना हुँदा सम्म सेनले ३०४ मतको अग्रता लिएका हुन् । कांग्रेसका विष्णु प्रसाद शर्माले ८३५ र राष्ट्रिय जनमोर्चाका तुल्सीराम योगीले १८ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकी भिमा बुढाथोकीले १४६२ र गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १३३२ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसकी ओकी महताराले ७५५ मत पाएकि छिन् ।

अहिले वडा नम्बर ४ को तगणना भइरहेको छ । वडा नं ४ मा जम्मा खसेको १४२८ मत मध्ये एमालेका मित्रला कठायतले १३८, कांग्रेसका गोपाल बुढाले १३४ र गठबन्धनबाट माओवादी केन्द्रका खड्कसिंह ठकुरीले ४८ मत प्राप्त गरेका छन् ।

कपुरकोट गाउँपालिकाको वडा नं १ मा गठबन्धनबाट बालाराम खड्काको प्यानल, वडा नं २ मा एमालेका इश्वर बुढाको प्यानल र वडा नं ३ मा नेपाली कांग्रेसका प्रदिप खड्काको प्यानल विजयी भएका छन् ।