सल्यान, २४ बैशाख ।
सल्यानमा सम्पन्न भएको सल्यान स्टार सिजन २ को उपाधि छत्रेश्वरी गाउँपालिका ६ जिताठानका दिपेश जङ्ग शाहले हात पारेका छन् । नृत्य बिधा अन्तर्गत भएको सल्यान स्टारको सिजन २ को फास्ट रनर अफ भने शारदा नगरपालिका वडा न २ की प्रोशिका खड्का भएकी छन् । तेस्तै सेकेन्ड रनर अफ शा.न.पा.२ कै बिमला बस्नेत भएकी छन् । प्रथम, द्रोस्रो र तेस्रो हुनेले क्रमस ५० हजार,२५ हजार, १५ हजार नगत तथा मेडल र प्रमाणपत्र हात पारेका छन् । डि.टु कला केन्द्र दाङ्गको आयोजना भएको सल्यान स्टार सिजन २ को फाईनल अडिसन आज सल्यानको श्रीनगरमा सम्पन्न भएको हो । यस अधि ५ चरणमा श्रीनगर, लुहाम र थारमारेमा अडिसन सम्पन्न भएको थियो । अडिसनको सुरुमा ११६ जनाले सहभागिता जनाएको भएतापनि फाईनल राउन्डमा भने १७ जनाले प्रतिष्पर्धा गरेका थिए । अडिसनको फाईनल राउन्डको निर्णायकमा कलाकार राज थापा, मधुबाबु बुढाथोकि र दिपेश चौधरी रहेका थिए । कार्यक्रमको उदुघाटन भने प्रमुख अथिति समाजसेवी लक्षमण हमालले गरेका थिए ।

अघिल्लो बर्ष डि.टु कला केन्द्र दाङ्गले नै सल्यान स्टार सिजन १ सम्पन्न गरेको कला केन्द्रका डाईरेक्टर दिपक वर्माले जानकारी गराएका छन् । सल्यान स्टार सिजन १ मा भने नृत्य बिधामा सृष्टी परियार र गायन बिधामा प्रदिप रसाईली बिजेता भएका थिए । डि.टु कला केन्द्र दाङ्गले सल्यानमा नव प्रतिभाको उत्थानको लागि यस्ता कार्यक्रमहरु बिगत देखि गरिरहेको र गर्दै जाने कला केन्द्रका व्यवस्थापक रोषण घर्तिले जानकारी दिएका छन् ।




