कार्तिक २७, सल्यान ।
राष्ट्रिय दलित पत्रकार संघ सल्यान शाखा गठन गरिएको छ । पत्रकार संघ सल्यान शाखाको अध्यक्षमा नोखिराम थापा बि.क निर्वाचित भएका छन् । राष्ट्रिय दलित पत्रकार संघ कर्णालि प्रदेशका अध्यक्ष खगेन्द्र सुनारको उपस्थिति मा सल्यानको बागचौरमा भएको कार्यक्रमले थापाको अध्यक्षतामा ९ सदश्य जिल्ला कार्यसमिति गठन गरीएको छ । जसको उपाध्यक्षमा राजिव सुनार, जिवनकला रसाईली, सचिवमा खेमराज सुनार, सह सचिवमा रेशम सुनार र कोषाध्यक्षमा पुजा रसाईली रहेका छन् । सदश्यहरुमा रेशम परियार, लोकेश बि.क र शंकर बि.क रहेका छन् । नव गठित जिल्ला समितिलाई शुभकामना दिदै राष्ट्रिय दलित पत्रकार संघ कर्णालि प्रदेशका अध्यक्ष, समाजिक अभियान्ता तथा दलित अधिकार कर्मि खगेन्द्र सुनारले दलित समुदायका समस्यालाई मिडियामा ल्याई अधिकारको लागि कटिबद्द भएर लाग्न अनुरोध गरेका छन् । उनले जाजरकोटको नवराज हत्याकाण्डले दलित समुदाय एकजुट हुने समय अएको वताएका छन् । उनले भने आफु समाजमा सभ्य र सचेत हुनुहोस, कहि कतै गल्ती नगर्नुहोस र कसैले हेप्न र दबाउन खोजे सबै दलित समुदाय एक जुट भएर लाग्न र त्यसको नेतृत्व आफुले गर्न तयार भएको बताएका छन् । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ कर्णालि प्रदेशका उपाध्यक्ष भिम परियार, दलित अधिकार कर्मि पे्रम नारायण बि.क, संचार कलव नेपालका उपाअध्य चित्र परियार लगायतले नव गठित जिल्ला शाखा समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

तेस्तै संञ्चार क्लव नेपालको शाखा सल्यानमा पनि उद्धघाटन


संञ्चार क्लव नेपालको सल्यान जिल्ला शाखा संचालन भएको छ । बुधबार सल्यानको बागचौर नगरपालिका २ बागचौरमा एक कार्यक्रमका विच सञ्चार क्लव नेपालको शाखा उद्धघाटन गरिएको हो । उक्त क्लवले सञ्चारको क्षेत्रमा विगत १ बर्ष देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रही काम गर्दै आएको छ । सुर्खेत मात्र नभई कर्णालीका दश वटै जिल्लामा शाखा विस्तार गरि काम गर्ने क्लवका अध्यक्ष खगेन्द्र सुनारले बताए । उनले भने, ‘सोही अनुसार सल्यानमा शाखा विस्तार गरिएको हो ।’ त्यस्तै उद्धघाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिका सल्यानका नगर प्रमुख लोकमान बुढाथोकीले,सल्यानको हकहितका लागि सञ्चार कल्वले महत्वपुर्ण भुमिका खल्ने बताए ।
उनले भने, ‘सल्यान जिल्लाले सञ्चार क्लव संग समन्वयन गरी कर्णाली प्रदेशको विकासका लागि काम गर्न तयार रहेका छौँ ।” राष्ट्रिय दलित पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष सुनारले, संघियताको विस्तारीत रुपलाई मुर्त रुप दिनको लागि सल्यानमा शाखा विस्तार गरिएको हो । आगामी दिनमा सञ्चार क्लवले जनताको आवाज बोल्ने समेत बताए । यस्तै, सामाजिक अभियान्ता प्रेम विश्वकर्माले, पछिल्लो समय समाजमा भएका विभिन्न घटनाहरुमा सञ्चार माध्यमको महत्वपुर्ण भुमिका रहेको बताए । सल्यान शाखा अध्यक्ष खेमराज सुनारले सञ्चारका माध्यम बाट समग्र सल्यान जिल्लाको विकास, प्रगतिमा सञ्चार क्लव नेपालले पुर्वगा्रही रुपमा नहेरी काम गर्ने प्रतिवद्धता गरेका छन् ।