बैशाख  २०, सल्यान ।

एकीकृत समाजवादी पार्टी सल्यान चुनाव को मुखैमा तितरबितर अवस्थामा पुगेको छ । पछिल्लो समय निर्वाचनको मिति निजिकिदै गर्दा सल्यानमा उक्त पार्टीका नेता कार्यकर्ताहरुको संख्या पार्टी परित्याग गर्नेमा वृद्धि भएको छ ।

आइतबार मात्रै पार्टीका जिल्ला उपाध्यक्ष रामकुमार खड्की सहित १२ प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेका छन ।

उपाध्यक्ष खड्की सहित जिल्ला कमिटी सदस्य र पार्टीको भातृ संगठन अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज सिंह, सल्यान उद्योग वाणिज्य संघका महासचिव मोहन सारु लगाएत १२ जनाले पार्टी परित्याग गरेका हुन् । यसले एकीकृत सामावादीलाई शारदा नगरपालिकामा ठुलो क्षति पुगेको छ ।

पार्टी विधि र विधानमा चलेन भनेर एमालेबाट छुटेपनि एकिकृत समाजवादीमा पनि विधि र विधान लागु नभएकोले पार्टी छोडेको उपाध्यक्ष खड्कीले बताए । पालिका देखि वडा सदस्य सम्मका पदको निर्वाचनमा आफु मुख्य पदाधिकारी हुदा पनि कुनै जानकारी नहुँदा दुख लागेको उनले बताए ।

केही समय अघि एक‌िकृत समाजवादीका कुमाख गाउँपालिका सचिव सहितका केही नेताहरुले पार्टी परित्याग गरेका थिए । एकीकृत समाजवादीमा इमान्दार नेताहरुको मुल्यांकन नभएर पैसावालहरुले मात्रै निर्वाचनमा टिकट पाएको उनिहरुको गुनासो छ । पालिका तथा वडाहरुमा धेरैजना आकंक्षी भएको एकीकृत समाजवादी माओवादी सँग गठबन्धन हुँदा थोरै ठाउँमा खुम्चिन पुगेको छ जसले गर्दा धेरै नेताकार्यकर्ताहरु असुन्तुष्ट छन् ।