प्रकाश भण्डारी , सल्यान १७ बैशाख ।
स्थानिय तहको निर्वाचन आउन अब केहि दिन मात्र बाँकी छ । राजनितिक पार्टीको उम्मेदवारहरु यतिबेला कार्यक्रर्ता भेटघाट तथा घरदैलो अभियानमा व्यस्त छन् । कसरी आफ्नो पक्षमा मतदाताहरुको मन जित्ना सकिन्छ र मत धेरै ल्याउना सकिन्छ भन्ने सोचका साथ नेताहरु भेटघाट मै व्यस्त छन् । तर सल्यानको नेकपा माओबादी केन्द्रको आधार ईलाका मान्निने बागचौर नगरपालिकामा चुनावको मुखैमा माओबादी पार्टी परित्याग गरी सयौं नेता कार्यक्रर्ता एमालेमा प्रवेश गरेका छन् । आज सल्यानको बागचौर नगरपालिका वडा न ६ ज्यामिरेमा भएके नेकपा एमालेको चुनावी सभा कार्यक्रममा नेकपा माओबादीका युवा नेता सि.पी वली सहित सयौं कार्यक्रर्ता एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशी नेता तथा कार्यक्रर्तालाई एमालेमा स्वगत गर्दै नेकपा एमालेको पोलिटव्युरो सदस्य गुलावजङ्ग शाहले आजको पार्टी प्रवेश कार्यक्रमले पार्टीलाई थप उर्जा प्राप्त भएको बताएका छन् । सल्यानमा मात्र नभई एमाले पार्टीमा प्रवेश गर्नेको लर्को देशै भरी भएकोले एमाले थप बलियो हुदै गएको बताएका छन् । उनले स्थानिय तहको निर्वाचनमा एमाले देशै भरी पहिलो पार्टी हुने ठोकुवा समेत गरे ।

तेस्तै नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा बागचौर नगरपालिकाका मेयर पदका उम्मेदवार तिलक मल्ल क्षितिजले आसन्न स्थानिय तहको निर्वाचनमा बागचौरमा एमालेलाई जिताउना सबै नगरवासीलाई अपिल गरेका छन् । उनले बागचौरको नयाँ बिकाश खाका आफुले तयार पारेकाले बिकास, समृद्धर सुशासनको लागि सुर्य चिन्हमा नै मतदान गर्न बागचौर नगरवासीलाई अनुरोध गरेका छन् । उनले बागचौरमा समृद्ध नगरपालिका र सुखि नगरबासीको एजेन्डा आफुसंग मात्र भएको बताए । कार्यक्रममा एमाले नेता धनश्याम शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बागचौर नगरपालिका ६ को नेता कार्यक्रर्ताहरुको सभागिता रहेको थियो ।