१६ वैशाख सल्यान

वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा कपुरकोट गाउपालिका वडा नं. ४ को वडा अध्यक्षमा नेपाली काँग्रेसका गोपाल सिङ बुढाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । बुढाले गठबन्धनबाट नभएर सिङ्गल उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसमा लामो समयदेखि निरन्तर खटिएका बुढा समाजसेवी पनि हुन् । पार्टीमा लामो समय सक्रिय भएका उनी पार्टीका बिभिन्न संगठनको कुसलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् । हाल उनी पार्टीको वडा सचीव समेत छन् ।

उनले आफ्नो उम्मेदवारी समग्र वडाको विकासका लागि भएको बताए । उनी भन्छन् मैले जितेपछि अन्य वडाको तुलनामा उदाहरणिय वडा बनाउने छु । समग्र वडाको विकास र समृद्धिका लागी आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । सडक, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा भएको बुढाको भनाई छ ।

साथै वडाको चतर्फी विकासको निम्ति आफूलाई जिताउन रुख चिन्हमा छाप लगाई अमूल्य मत दिनुहुन वडा बासी सम्पुर्णलाई अनुरोध समेत गरेका छन ।