१५ बैशाख, सल्यान
सल्यानको कपुरकोट गाउपालिकामा अहिले गाउँ अनि टोलमा विष्णु शर्मा जिताउ अभियान दिन प्रतिदिन बढ्दो छ ।
कारण हो स्थानिय तह निर्वाचन: उनी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेद्बार बनेका छन ।
जिल्लाको मुल द्वारमा रहेको कपुरकोट गाउपालिकामा शर्मालाई अरु उम्मेदवार भन्दा बिशेष महत्वका साथ हेरिएको छ। विकासका निम्ति केही सरल भएतापनी काम गर्न त्यस गाउँ पालिकामा निकै चुनौती छ ।
त्यो चुनौतिलाई पार गरि पालिकाको सर्वाङगिन विकासनै आफ्नो पहिलो प्राथमिकता हुने शर्माको योजना छ ।
सरल, भद्र, सालिन, फिक्स चाहिने कुराहरू मात्रै बोल्ने, अनावश्यक कुराहरू देखि टाढा रहने स्वभावका मानिने उनी सबै तहका ब्यक्तित्व हरु सङ्ग लोकप्रिय छ्न । उनलाई झट्ट हेर्दा र भेट्दा थोरै कम बोलेकै कारणले घमण्डि जस्तो सोचेता पनि बिस्तारै घुलमिल भएपछि उनी सबैको मन-मनको ढुकढुकी भएर सम्बन्ध प्रिय बनाउने स्वभावमा गनिन्छन । अध्यक्ष पदको उम्मेदवारको लागि टिकट लिनको निमित्त केही साथीहरू सङ्ग प्रतिस्पर्धा भए पनी अहिले उनै साथीहरूले आफूलाई जिताउन सल्लाह सुझाव सङ्गै साथ सहयोग गर्दै काङ्ग्रेस पार्टी अथवा आफूलाई जिताउन सहयोग गरेकोले उनी खुसि सङ्गै आफ्नो जित पक्का हुने दाबी समेत गरेका छन । शर्मा आफू सङ्गै परिवार समेतले कुनै तेस्तो भौतिक, नैतिक, ब्यबहारिक, आर्थिक हिसाबमा अहिलेसम्म समाजमा नराम्रो व्यबहार नगरेको कारणले पनि मतदाताहरुले अझ बिश्वास गरेको जानकारी दिएका छन ।
स्थानिय किमुचौर स्कुल देखि शैक्षिक यात्रा सुरु गरेका शर्माले म्यानेजमेन्ट बाट यम वि यश र पोलिटिकल साइन्स बाट यम य सम्मको शिक्षा प्राप्त गरेका छ्न । उनले पालिका अध्यक्ष जितेपछि गाउँ पालिकाका सबै स्कूललाई थप ब्यबस्थापन सहित शैक्षिक क्षेत्रमा अझ व्यवस्थित गराउने उनको योजना छ । उनलाई उपाध्यक्षमा वकि महताराले साथ दिएकी छ्न । महतारा २०७४ को चुनावमा पनि उपाध्यक्ष पदमा लडेकी थिइन ।
नेकपा एमाले सङ्गै राप्रपा गठबन्धनका उम्मेदवार भिम बहादुर सेन र नेकपा माओवादी सङ्गै समाजबादि गठबन्धनका उम्मेदवार दुर्गा पुन बिच शर्माको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । राष्ट्रिय जनमोर्चा पार्टी बाट तुल्सिराम योगिको उम्मेद्बारी परेको छ । सेन र शर्मा ३ नम्बर वडाका हुन भने भण्डारी र पुन ५ नम्बर वडाका हुन । त्यसैगरी योगि चाइ २ नम्बर वडाका हुन ।
यस्तो छ शर्माको राजनैतिक थोरै जानकारी
गाउँ पालिकाको ३ नम्बर वडा स्थित कपुरकोटमा २०३१ साल मंसिर २४ गते बाबु इश्वरी प्रसाद शर्मा र आमा बसन्ती देवि शर्माको कोख बाट जन्मेका बिष्णु शर्मा २०४८ सालबाट राजनितिमा छिरेका हुन । हाल सम्म उनी थुप्रै संघ संस्थामा आवद्ध रहि सकेका छन ।
