सल्यान १४ बैशाख ।
मनोनय दर्ता पछि राजनितिक दलहरुले चुनाव प्रचार प्रचारलाई तिव्र पारेका छन् । दार्मा गाँपालिकाका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानल चुनाव प्रचारमा तिव्र रुपमा लागेको वडा अध्यक्षका उम्मेदवार गणेश बुढाथोकीले जानकारी गराएका छन् । उनले यसपालिको चुनावमा जनतालाई हाम्रो भन्दा पनि राम्रो व्यक्तिलाई छानेर मतदान गर्ने अवसर भएको बताएका छन् । उनले व्यक्तिगत स्वार्थ भन्दा समाजिक बिकासको लागि लाग्ने उम्मेदवारलाई मतदान गर्न सबै वडा बासिलाई अनुरोध गरेका छन् । देश बिकासको बलियो राजनितिक दल नेकपा एमाले नै भएकोले सुर्य चिन्हमा मतदान गरी दार्मा गाँउपालिकामा नेकपा एमालेका उम्मेदवार लाई विजय गराउना अनुरोध गरेको छन् । उनले भने देश बनाउने भिजन मात्र एमाले संग छ त्यो जनताले चिन्ने छन् । No description available.
तेस्तै वडा सदस्का उम्मेदवार बुद्धिमान वलीले देशले बिकासको लागि युवा खोजिरहेको बेला स्थानिय चुनावमा युवा उम्मेदवारलाई विजय गराउना ६ नम्बर वडा बासिलाई अनुरोध गरेका छन् । उनले समग्र दार्माको बिकासको लागि आफ्नो उम्मेदवारी भएकोले सुर्य चिन्हमा मतदान गरी नेकपा एमाले लाई बिजय गराउना अनुरोध गरे ।
दार्मा गाँउपालिका वडा नम्बर ६ मा गणेश बुढाथोकी अध्यक्ष, बुद्धिमान वली र निम बहादुर रोकाय खुल्ला सदस्य, प्रतिक्षा केसी महिला सदस्य र मनिषा वलिी थापा बि.कले दलित महिला सदस्यमा उम्मेदवारी दिएका छन् ।

May be an image of 5 people and people standing