बैशाख १२, सल्यान ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेपाली काङ्ग्रेस कपुरकोट गाउँ पालिकाले अध्यक्ष, उपाध्यक्ष सहित ६ वटै वडाको वडा अध्यक्ष सहित सदस्यहरुको निर्वाचन अधिकृतको कार्यालय कपुरकोटमा उम्मेदवारी दर्ता घोषणा गरेको छ ।
नेपाली काङ्ग्रेस कपुरकोट गाउँ पालिकाले अध्यक्षमा बिष्णु शर्मा, उपाध्यक्षमा ओकि महताराको उम्मेदवारी दर्ता गरेको छ ।
यस्तै कपुरकोट गाउँ पालिका ६ वटै वडाका उम्मेदवारहरु क्रमशः
वडा नं. १
वडा अध्यक्ष हिरालाल घर्ती त्यसैगरी सदस्यहरुमा अनिल घर्ती, झकेन्द्र बुढा, खली घर्ती, रामकली बि.क. रहेका छन ।
वडा नं. २
वडा अध्यक्ष अमर चन्द राना त्यसैगरी सदस्यहरुमा गणेश राना, रुद्र बहादुर बुढा, आकृती घर्ती, कलसी दमाई रहेका छन ।
वडा नं. ३
वडा अध्यक्ष प्रदिप खड्का त्यसैगरि सदस्यहरुमा तिलक बहादुर सेन, टेक बहादुर पुन, राधिका एरि, निमा कुमारी सुनार रहेका छन ।
वडा नं. ४
वडा अध्यक्षमा गोपाल सिङ बुढा, बालाराम बाठा, डन्डी राम पुन, उमादेबी थापा, टिना नेपाली रहेका छन ।
वडा नं. ५
वडा अध्यक्ष सुमन केसि त्यसैगरी सदस्यहरुमा टिकाराम केसि, देब बहादुर साहु, लाली कुमारी बस्नेत, कल्पना कामी रहेका छन ।
वडा नं. ६
वडा अध्यक्ष गोबर्धन पुन त्यसैगरी सदस्यहरुमा लोक बहादुर महतारा, डिल्ली केसि, निर्मा खड्का, कमला बि.क. रहेका छन ।
