वैशाख ११,सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा अध्यक्ष पदका लागि स्वतत्रबाट लोकपाल केसीले उम्मेदवारी दर्ता गराएका छन् । छत्रेश्वरीमा पहिलो नम्बरमा केसीको मनोनयत पत्र दर्ता गरिएको हो । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष जिल्ला सदस्य रहेका केसीले उम्मेदवारी दर्ता गराएका हुन । उनको समुहबाट उपाध्यक्षमा हिरा बुढाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गाराएकी छन् । तेस्तै वडाहरुमा टोप बहादुर के.सी वडा नं १, टोप बहादुर डाँगी वडा नम्बर २,चुर्न बहादुर खड्का वडा नम्बर ३ र ४ म लोक बहादुर वलीले वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् । बाँकि रहेका ३ वटा वडाहरुमा भोलि सम्म उम्मेदवारी दिने जनाईएको छ ।


