सल्यान, ६ बैशाख ।
नेकपा माओवादी केन्द्र दार्मा गाउँपालिका सल्यानले ६ वटै वडामा उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाएको छ । जस अन्तर्गत गाउँपालिका अध्यक्षमा निम बहादुर केसि अरुण र उपाध्यक्षमा जुना मल्ल लाई उम्मेदवार बनाउने निर्णय सहित सिफारिस गरेको हो ।
साथै गाउँपलिकाका ६ वटै वडामा वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरुपनि चयन गरिएको हो । जस अन्तर्गत वडा नं १ मा अध्यक्ष टंक ओली वडा नं २ सार्की खत्री ३ मा पोखर बहादुर खत्री वडा नं ४ अध्यक्ष चन्द्र बहादुर रावत वडा नं ५ सुदिप केसी वडा नं ६ देवी केसी रहेका छ्न । पालिका अध्यक्षमा भने निम बहादुर केसी पुनः दोहोरिने भएका छन। यस अघि निम बहादुर केसीले ३ हजार ६ सय ९४ मत ल्याएर विजयी हुँदा एमाले र काँग्रेसका सयुक्त उम्मेदवार रामचन्द्रले २ हजार ७ सय ७१ मत ल्याएका थिए ।
