चैत ३०,सल्यान ।
सल्यानको बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् ।
बुढाथोकीले प्रयोग गर्दै आएको बा २ झ ४५३५ नंको स्कोरपियो गाडी फिर्ता गरेका हुन् ।बुधबार गाडीको चाबी प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाललाई हस्तान्तरण गरे ।स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन् ।
निर्वाचन आचारसंहितालाई ध्यानमा राखी सवारीसाधन फिर्ता गरेको बुढाथोकीले बताए । स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने घोषणा भएपछी जिम्मेवार जनप्रतिनीधीहरुद्वारा निर्वाचनमा गाडीको दुरुपयोग नहोस भन्दै आफु चढ्ने गाडी फिर्ता गरेको नगरप्रमुख बुढाथोकीको भनाई छ ।
