सल्यान, २८ फाल्गुण ।
सल्यानको त्रिवेणी गाउँपालिकामा नेकपा एमालेले तीनवटा जनवर्गिय संगठन निर्माण गरेको छ । शनिबारको भेलाबाट राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ र मुक्ति समाजको पालिका स्तरिय कमिटी निर्माण गरिएको युवा संघका क्षेत्रीय संयोजक डिल्ली खड्काले जनाए । दिपक थापा अध्यक्ष, लिलाराम वली उपाध्यक्ष, गंगा सिंह राम्जा सचिव तथा दिला बुढाथोकी भण्डारी र कृष्ण पुन सहसचिव रहेको ४१ सदस्यीय राष्ट्रिय युवा संघको पालिका कमिटी गठन गरिएको उनले जनाए । यस्तै सावित्रा पुन अध्यक्ष रहेको २१ सदस्यीय अखिल नेपाल महिला संघ र लाल बहादुर नेपाली अध्यक्ष रहेको ७ सदस्यीय मुक्ती समाज गठन गरिएको संयोजक खड्काले जानकारी दिए ।
एमाले जिल्ला कमिटी सदस्य कुन्ता योगीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य गुलावजंग शाहले युवाहरु समाज परिवर्तनका संवाहक भएको बताउँदै विकास र परिवर्तनका हरेक क्रियाकलापमा युवाहरुको सक्रिय भुमिका हुनुपर्ने धारणा राखेका थिए । कर्णाली प्रदेशसभा सदस्य समेत रहेका शाहले देशमा विकासको लहर ल्याउन सक्ने एकमात्र शक्ति नेकपा एमाले भएको दाबी गर्दै एमालेलाई अझै बलियो बनाउन सबै जनवर्गीय संगठनहरु चलायमान हुनुपर्नेमा जोड दिए ।
नेकपा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले एमाले विरुद्धको घेराबन्दीलाई तोड्दै अब आउने निर्वाचनमा जनप्रिय पाटी एमालेलाई फेरि पनि नेतृत्वमा ल्याउने बताए । सो अवसरमा माओबादि परित्याग गरि राकेस बुढाथोकि, पबन बुढाथोकि, तेज बहादुर बुढाथोकि तथा नेपाली काग्रेस परितयाग गरी रोशन केसी एमालेमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ ।
त्रिवेणी १ का वडा अध्यक्ष छविलाल खत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य तथा सल्यान इन्चार्ज प्रिन्स बस्नेत, जिल्ला कमिटी सदस्य तथा युवा मोर्चा इन्चार्ज महेश देवकोटा, जिल्ला कमिटी सदस्यहरु बुद्धि केसी, रुद्रवीर घर्ती, जगत पुन, शालिकराम थापा, एमाले त्रिवेणी गाउँपालिका अध्यक्ष लोकेन्द्र सिंह खड्का, एमाले कपुरकोट अध्यक्ष द्रोण केसी, युवा संघ सल्यानका अध्यक्ष रुपक बुढा, एमाले त्रिवेणीका सचिव धनराज तुफान, उपसचिव मंगल रेउले, एमाले त्रिवेणी वडा नं १ का अध्यक्ष राम बहादुर पुन, २ का अध्यक्ष हस्त राम्जा, ३ का अध्यक्ष लोक बहादुर पुन लगाएतको पनि सहभागिता थियो ।
