सल्यान २९, माग ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटी सल्यानको १६ औं जिल्ला अधिवेश सम्पन्न भएको छ । अधिवेशबाट राजेश वलीको अध्यक्षतामा २९ सदस्शिय जिल्ला कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा एलिसा डि.सी र सचिवमा बिशाल पुन सह सचिवमा कृष्ण बि.सी, झक्कु प्रसाद शर्मा र निकुन्ज गिरी रहेका छन् । कोषाध्यक्ष नारायण के.सी सर्वसम्मत निर्वाचित भएका छन् । तस्तै सदस्यहरु जिल्लाका १० ओटै स्थानिय तहबाट प्रतिनिधित्व हुने गरी जिल्ला कमिटी गठन गरिएको छ । सदस्यहरुमा अर्जुन वली, ललित थापा, बिमल पुन, रबिन कुमार बुढाथोकी, शन्देश खड्का, बिसाल वली, संगिता वली, भुपेन्द्र रावत, लतिल बस्नेत रहेका छन् । तस्तै शिवराज देवकोटा, ईमान सिंह बुढा, वल बहादुर चलाउने, सुन्दर बि.क, पुष्पा पुन, एम बहादुर बिश्वाकर्मा, लक्ष्मण बि.क, टोपेन्द्र बि.क, उपन्द्र खडका, दिपक चन्द, सुजन डाँगी, शारदा खड्का, संन्दिप वली सदस्य रहेका छ्न् । कार्यक्रम उद्घाटन नेकपा एमलेका केन्द्रिय सदस्य तथा सल्यान क्षेत्र न १ का प्रदेश संसद माननिय गुलाब जंग शाहले गरेका थिए ।

उद्घाटन समारोहमा बाल्दै कार्यक्रमका प्रमुख अतिथि शाहले राजनितिको जग नै बिद्यार्थि संगठन भएको बताएका छन् । जति नै यो संगठनलाई बलियो बनाउन सकिन्छ तेसरी नै राजनितिक यात्रा बलियो हुदै जाने उनले बताए । उनले अनेरास्वबियु को यात्राबाट नै देशको ठुलाहरु नेताहरु देश हाक्ने स्थितिमा पुगेको बताए । उनले अरु राजनितिक पार्टीको बिद्यार्थी संगठनहरु भन्दा यो अनेरास्वबियु पुरानो भातृ संगठन भएको बताए । उनले अनेरास्वबियुमा लागेर राजनितिक यात्राको शुभारम्भ गर्न उपस्थित बिद्यार्थीहरुलाई अनुरोध गरे । प्रमुख अतिथि शाहले नयाँ गठन हुने कमिटीलाई सक्रिय रुपमा लाग्ना अनुरोध गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका छन् । तेस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा एमाले सल्यानका अध्यक्ष गोबिन्द कुमार पुन ले जिल्ला कमिटी गठन पश्चात जिल्लाका सबै बिद्यालयमा आफ्नो संगठन बिस्तारमा लाग्ना अनेरास्वबियुलाई अनुरोध गरेको छन् । उनले पार्टी बलियो हुनुमा भातृ संगठन क्रियाशिल हुनु पर्ने बताए । पार्टी सफल हुनुमा जनवर्गिय संगठनको महत्वपुर्ण भुमिका रहेकाले त्यो अनुसार नयाँ नेतृत्व सत्रिय रुपमा लाग्ना अनुरोध गरे । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य मनोज सिंह, नेकपा एमाले जिल्ला कमिटी सचिब ओज बहादुर बुढाथोकी, नेकपा एमाले उपसचिब पुष्पा बाहोरा, जिल्ला कमिटी सदस्य जनक बि.क, अनेरास्वबियु केन्द्रिय सदस्य घनश्याम पुन, पुर्व जिल्ला कमिटी अध्यक्ष राम बहादुर के.सी, नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष धुर्व बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । सल्यान खलङगा लुहापिङमा भएको कार्यक्रममा जिल्ला भरीबाट ५ सय जति संख्यामा बिद्यार्थिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पुस्कर बि.कले गरेका थिए ।